बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा ‘डिसी पासपोर्ट उत्सव २०१८’ सम्पन्न

आइतबार, २३ वैशाख २०७५, १० : ५४
आइतबार, २३ वैशाख २०७५

वाशिंगटन डिसी । अमेरिकाको राजधानी वाशिंगटन डिसीमा हरेक बर्ष मनाइने ‘पासपोर्ट डिसी उत्सव २०१८’ भव्यताका साथ सम्पन्न भएको छ ।

वाशिंगटन डिसीस्थित नेपाली दूताबासले हरेक बर्ष सहभागिता जनाउदै आएको पासपोर्ट डिसी २०१८ उत्सव अबलोकन गर्न यसवपटक करिब २५ सयको संख्यामा पर्यटकहरु आएको दुताबासले जनाएको छ ।

पासपोर्ट डिसी कार्यक्रमको आयोजना सांस्कृतिक पर्यटन डिसी नामक गैर मुनाफा संस्थाले गर्दछ । पासपोर्ट डिसी २०१८ उत्सवको मुख्य उदेश्य पर्यटन तथा डिसी क्षेत्रमा बसोबास गरीरहेका स्थानीय समुदायलाई बिभिन्न राष्ट्रहरुका संस्कृति तथा परम्परालाई सम्बर्धन तथा प्रवर्धन गर्नु रहेको बताइएको छ । 

पासपोर्ट डिसी उत्सवमा सहभागी जनाउन नेपाली समुदायका सञ्चारकर्मी, समाज सेवी, विभिन्न संघ तथा संस्थाका प्रतिनिधि, व्यवसायी, स्थानियबासी तथा बिभिन्न राष्ट्रहरुका पर्यटकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । 

प्रदर्शनमा मुर्ति, हस्तकलाका सामग्री, ऐतिहासिक स्थानका तस्बिरहरु ,प्राकृतिक दृश्य तथा संस्कृति झल्कने तथा नेपालको प्रबर्धनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएकोे थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप