बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा माओवादी कार्यकर्ताको घाँटी रेटेर हत्या

आइतबार, २३ वैशाख २०७५, १० : ३५
आइतबार, २३ वैशाख २०७५

सिरहा । सिरहाका दुई छुट्टा–छुट्टै स्थानमा एक युवक र एक बालकको शव फेला परेको छ । 

कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको शव घर नजिकैको बारीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि मानन्धरले बताए । 

घर छेवैको गोठमा गएका यादव धेरै बेरसम्म घर नफर्केपछि खोजतलास गर्दा शुक्रवार राती उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यादवको घाँटीमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ । 

प्रहरीले हत्यामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ । 

यता, माओवादी केन्द्रले यादव आफ्ना सक्रिय कार्यकता रहेको जनाउँदै हत्यामा संलग्नको चाडो खोजी गरी कडाभन्दा कडा कारवाहीको माग गरेको छ । 

त्यसैगरी, सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया गाउँ नजिकैको पोखरीमा शनिबार बिहान सालनालसहितको नवजात शिशुको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेश सुवेदीका अनुसार पोखरीमा सालनालसहित भेटिएको खवर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक सुवेदीले घटनास्थल प्रकृति मुचुल्का उठाएर मृत नवजात शिशुको शव पोष्टमार्टमका लागि लहान पठाइएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप