सरकारको एक्सन पछि यातायात व्यावसायीको बैठकनै बस्न सकेन
शनिबार, २२ वैशाख २०७५, १३ : ४७

काठमाडौं– देशभर बाट बहुसंख्यक पदाधिकारी पक्राउ परेपछि यातायात व्यवसायी महासंघले आज बोलाइएको बैठक स्थगित भएको छ। सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार गरेको यातायात बन्दका क्रममा सरकारले ७३ जना व्यवसायी पक्राउ गरेको थियो। महासंघले भावी रणनीति तय गर्न बोलाइएको बैठकमा अधिकांश पदाधिकारी उपस्थित हुन नसक्ने भएपछि बैठक प्रभावित भएको बताइएको छ।
यातायात व्यवसायी महासंघले केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारको रवैयाको कारण बैठक बस्न नसकेको बताए । कर्माचार्यले पक्राउ परेका पदाधिकारी सरकारले छोडेपछि मात्रै थप आन्दोलन गर्ने र नगर्ने निर्णय गरिने बताए । २७ गते पछिको आन्दोलनलाई निरन्तरता दिने विषयमा भने छलफल गर्न बाँकी नै रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
-
गृह र सामान्य प्रशासन सचिवद्वारा दरबन्दी बेगर कर्मचारी राखेको स्वीकार
-
कृषि, पर्यटन र पुरातत्वको उपत्यका ‘चित्लाङ’
-
प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
-
ब्रेन्टफोर्डका थोमस फ्राङ्क बने टोटनह्यामको नयाँ म्यानेजर
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने