अन्ततः यातायात व्यवसायी झुके, आन्दोलन नगर्ने निर्णय
काठमाडौं– सरकार सिन्डिकेटविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएसँगै आन्दोलनरत यातायात व्यवसायी झुक्न बाध्य भएका छन् ।
शुक्रबार आफ्ना गाडीलाई ग्यारेजमा थन्क्याएर आन्दोलित बनेका यातायात व्यवसायीमाथि सरकार कडा रुपमा प्रस्तुत भएको थियो ।
सरकारले आन्दोलनको नेतृत्व गर्ने यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिमा आबद्ध व्यवसायीलाई पक्राउ गर्नेदेखि रुट परमिट खारेजी र सम्पत्तिमाथि छानबिन गर्नेसम्मको निर्णय गरेपछि उनीहरु झुक्न बाध्य भएका हुन् ।
शनिबार यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिइएको जनाएका छन् ।
उनले शुक्रबार गरिएको यातायात बन्दबाट प्रभावित हुने सम्पूर्ण सर्वसाधारणसँग माफी समेत मागेका छन् ।
यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण प्रसाद सुवेदी, कोषाध्यक्ष दम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभर रहेका यातायात संघ, पदाधिकारी, व्यवसायी, कर्मचारी तथा मजदूरलाई धरपकड गरी प्रहरी हिरासतमा लिइएको भन्दै विना शर्त रिहाईको माग समेत गरिएको छ ।
विज्ञप्तिमा आफूहरुले राखेका मागहरुको वार्तामार्फत समाधान गर्न पनि सरकारसँग माग गरिएको छ ।
यातायात व्यवसायीको निर्णयसँगै शनिबार देशभर सार्वजनिक यातायातका साधन पूर्ववत रुपमा सञ्चालनमा आएका छन् ।
यसअघि गत बैशाख ५ गते यातायात व्यवसायीले आजको दिन पुन बैठक बसी थप आन्दोलनको कार्यक्रम तय गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम छात्रा भलिबल टोलीलाई स्वर्णपदक
-
एआइजी कार्कीले ल्याए नयाँ गीत ‘गुन्यु चोली पटुकी’ (भिडियाे)
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै
-
संसद् अवरोध खुलाउन सत्ता र प्रतिपक्षबिच २ बुँदे सहमति
-
ग्लोबल आइएमई बैङ्कको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी
-
कुशहवाको सांसद पद निलम्बनबारे प्रदेशसभालाई जानकारी