अन्ततः यातायात व्यवसायी झुके, आन्दोलन नगर्ने निर्णय
काठमाडौं– सरकार सिन्डिकेटविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएसँगै आन्दोलनरत यातायात व्यवसायी झुक्न बाध्य भएका छन् ।
शुक्रबार आफ्ना गाडीलाई ग्यारेजमा थन्क्याएर आन्दोलित बनेका यातायात व्यवसायीमाथि सरकार कडा रुपमा प्रस्तुत भएको थियो ।
सरकारले आन्दोलनको नेतृत्व गर्ने यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिमा आबद्ध व्यवसायीलाई पक्राउ गर्नेदेखि रुट परमिट खारेजी र सम्पत्तिमाथि छानबिन गर्नेसम्मको निर्णय गरेपछि उनीहरु झुक्न बाध्य भएका हुन् ।
शनिबार यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिइएको जनाएका छन् ।
उनले शुक्रबार गरिएको यातायात बन्दबाट प्रभावित हुने सम्पूर्ण सर्वसाधारणसँग माफी समेत मागेका छन् ।
यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण प्रसाद सुवेदी, कोषाध्यक्ष दम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभर रहेका यातायात संघ, पदाधिकारी, व्यवसायी, कर्मचारी तथा मजदूरलाई धरपकड गरी प्रहरी हिरासतमा लिइएको भन्दै विना शर्त रिहाईको माग समेत गरिएको छ ।
विज्ञप्तिमा आफूहरुले राखेका मागहरुको वार्तामार्फत समाधान गर्न पनि सरकारसँग माग गरिएको छ ।
यातायात व्यवसायीको निर्णयसँगै शनिबार देशभर सार्वजनिक यातायातका साधन पूर्ववत रुपमा सञ्चालनमा आएका छन् ।
यसअघि गत बैशाख ५ गते यातायात व्यवसायीले आजको दिन पुन बैठक बसी थप आन्दोलनको कार्यक्रम तय गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण