शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्याग्दीका चार जना यातायात व्यवसायी पक्राउ

शुक्रबार, २१ वैशाख २०७५, १६ : ४८
शुक्रबार, २१ वैशाख २०७५

म्याग्दी । सरकारले यातयात व्यवसायीहरुको लागी ल्याएको नयाँ निर्देशिकाको विरुद्धमा सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका म्याग्दीका यातायात व्यवसायी समितिका नेताहरु पक्राउ पर्न थालेका छन् । 

व्यवसायिक संस्था मातहतका सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका समितिका नेताहरुलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन बमोजिम म्याग्दीमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यबहाक अध्यक्ष लाल बहादुर थापा क्षेत्री, सचिब सुमन श्रेष्ठ, म्याग्दकाली यातायात व्यवसायी समितिका सचिब देवेन्द्र पौडेल र काउण्टर इन्चार्ज राम्जी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

सिण्डीकेट प्रणाली खारेजीको विरुद्धमा आन्दोलनमा उत्रिएका व्यवसायि समितिमा आबद्ध भएकाहरुलाई पक्राउ गर्ने गृहमन्त्रालयको निर्देशन अनुसार उनीहरुलाई प्रक्राउ गरिएको प्रनाउ खड्काले बताइन् । 

गृह मन्त्रालयले यातायात सेवा अवरुद्ध पार्ने सिन्डिकेट पक्षधर समितिका पदाधीकारीलाई पक्राउ गर्न देशभरका प्रशासन कार्यालयमा पत्राचार गरेपछि प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो । यसैबिच सरकारले ल्याएको नयाँ निर्देशिका विरुद्ध म्याग्दीका यातायात व्यवसायीले शुक्रबार सेवा ठप्प पारेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । 

समितिले आन्दोलन गरेपनि म्याग्दीमा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएका दुई वटा कम्पनी सम्बद्ध व्यवसायीले सेवा दिएका छन् ।   

 पश्चिम म्याग्दी यातायात प्रा.लीले दरवाङ देखि ताकम मुना, बिम, लामेला तमान, देविस्थान, बेनी क्षेत्रमा सेवा सूचारु गरेको छ । यसैगरी बागलुङ भगवती यातायात प्रा.लीले बेनी काठमाठौ रुटमा सेवा दिएको हो ।  
                                  
     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप