बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यातायात ब्यवसायी महासंघका पदाधिकारीको सम्पति छानविन गर्ने सरकारको निर्णय

शुक्रबार, २१ वैशाख २०७५, १५ : ५८
शुक्रबार, २१ वैशाख २०७५

काठमाडौं–सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीहरुको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ ।

आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जिवी नेपाल लगायतका सरकारी पदाधिकारीहरुको बैठकले यातायात समिति र तिनका पदाधिकारीहरुको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट यातायात व्यवस्था विभागले विवरण लिई सो विवरण सम्पति शुद्धिकरण विभागमा उपलब्ध गराउने र विभागले सम्पत्ति छानविन अघि बढाउने निर्णय गरेको छ ।

यस्तै बैठकले सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ, समितिहरुको बैंक खाता रोक्का गर्न अर्थमन्त्रालय मार्फत नेपाल राष्ट्रबैंकमा यातायात व्यवस्था विभागले लेखि पठाउने निर्णय गरेको छ ।

बैठकले सम्पुर्ण यातायात व्यवसायीलाई यातायात सञ्चालन गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

एउटा सवारी पनि कम्पनीको रुपमा दर्ता हुने

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठले यातायात कम्पनीको रुपमा दर्ता हुन एउटा सवारी साधन मात्रै भए पनि पुग्ने जानकारी गराएका थिए । 

 कम्पनीमा दर्ता हुन कम्तिमा पाँच वटा सवारी साधन हुनुपर्ने प्रावधान रहेको भनि चर्चा आएपनि सरकारले एउटा सवारीलाई पनि कम्पनीको रुपमा दर्ता गर्ने निर्णय भईसकेकोे उनले बताए । 

 बैठकमा गृहमन्त्री थापा र यातायात मन्त्री महाशेठले व्यवसायीको बिमा लगायतका जायज माग संवोधन गर्न सरकार तयार रहेको भन्दै सिण्डिकेट हटाउने निर्णयबाट भने पछि नहट्ने जानकारी गराएका थिए । 

देशैभरका यातायात व्यवसायीमाथि सरकारको धरपकड : को–को पक्राउ परे ?

यातायात व्यवसायीका महासचिव सरोज सिटौला पक्राउ

पूर्वमा सिन्डिकेटबिरुद्ध प्रहरी आक्रमक, १५ जना यातायात व्यवसायी पक्राउ

गुल्मीमा यातायात बन्द खुल्यो

यातायात व्यवसायीले गाडी ग्यारेजमा थन्काएपछि सर्वसाधारणको विचल्ली (फोटो)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप