शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लमजुङमा यातायात सेवा रोक्ने समितिका पदाधिकारी समातिए

शुक्रबार, २१ वैशाख २०७५, १५ : ०२
शुक्रबार, २१ वैशाख २०७५

समुन्द्रा घिमिरे

बेसीशहर । लमजुङमा सार्वजनिक सवारी–साधन बन्द गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  कालिका सार्वजनिक यातायात सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी सहित ५ पदाधिकारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाई रहेका छन् ।

लमजुङमा लमजुङ कालिका सार्वजनिक यातायात सन्चालक समिति र पृथ्वी राजमार्ग बस सन्चालक समितिले यातायात सन्चालन गर्दै आएका छन् । 

यी दुवै समितिले (शुक्रबार) गाडी चलाएका छैनन् । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सन्चालन नहुँदा यात्रीहरु मर्कामा परेका छन् ।

सार्वजनिक यातायात बन्द गर्ने पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै प्रहरी प्रशासन सक्रिय भएको हो । 

शुक्रबारै देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार गाडी सन्चालन नगर्ने व्यवसायीहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप