सोफियाले क्वाँक्वाँ रुँदै भनिन्, ‘श्रीमान् र बच्चा एकैपटक गुमाउनु ठूलो पीडा हो’ (भिडियो)
मोडलबाट नन बनेकी सोफिया हयात विवाहको एक वर्षपछि श्रीमानसँग अलग्गिएकी छिन् । उनले श्रीमानलाई धोका दिएको भन्दै घरबाट निकालेकी छिन् । सोफियाले श्रीमानमाथि इन्गेजमेन्टको औंठी र घडी बेचेको आरोप लगाएकी छिन् ।
श्रीमानको धोकाले सोफिया निकै दुःखी भएको देखिन्छिन् । उनले इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरेकी छिन् जसमा उनी क्वाँक्वाँ रोइरहेको देखिन्छिन् ।
सोफियाले रुँदै ब्रेकअपसँग डील गर्न निकै गाह्रो भएको बताउँछिन् । उनी भन्छिन्, ‘एउटै समयमा श्रीमान र बच्चा गुमाउनु ठूलो पीडा हो । मैले यो कुरा सार्वजनिक गर्नुको कारण यो हो कि म उसलाई पाठ पढाउन चाहन्छु । यी सबै कुरा सहन निकै गाह्रो भइरहेको छ । केही चमत्कार भइदिए हुन्थ्यो र चाँडै नै यो समय बिते हुन्थ्यो । म भ्लादलाई घृणा गर्दिनँ तर उनले जे गरे त्यसपछि उनी मेरो जीवनबाट अलग्गिएकै राम्रो ।’
आफ्नो इन्स्टामा सोफियाले मेसेज पनि पोष्ट गरेकी छिन् । जसमा लेखिएको छ, ‘म तिमीलाई माफ गरिदिन्छु तर तिम्रो लागि होइन, मेरै लागि । म आफ्नो मनमा रिस पाल्न चाहन्नँ । म तिमीलाई माफ गर्छु किनभने कसैलाई घृणा गर्नु भनेको ती व्यक्तिलाई आफूसँग होल्ड गर्नु हो । म तिमीसँग कुनै सम्बन्ध राख्न चाहन्नँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण