आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सोफियाले क्वाँक्वाँ रुँदै भनिन्, ‘श्रीमान् र बच्चा एकैपटक गुमाउनु ठूलो पीडा हो’ (भिडियो)

शुक्रबार, २१ वैशाख २०७५, १२ : २२
शुक्रबार, २१ वैशाख २०७५

मोडलबाट नन बनेकी सोफिया हयात विवाहको एक वर्षपछि श्रीमानसँग अलग्गिएकी छिन् । उनले श्रीमानलाई धोका दिएको भन्दै घरबाट निकालेकी छिन् । सोफियाले श्रीमानमाथि इन्गेजमेन्टको औंठी र घडी बेचेको आरोप लगाएकी छिन् ।

श्रीमानको धोकाले सोफिया निकै दुःखी भएको देखिन्छिन् । उनले इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरेकी छिन् जसमा उनी क्वाँक्वाँ रोइरहेको देखिन्छिन् ।

सोफियाले रुँदै ब्रेकअपसँग डील गर्न निकै गाह्रो भएको बताउँछिन् । उनी भन्छिन्, ‘एउटै समयमा श्रीमान र बच्चा गुमाउनु ठूलो पीडा हो । मैले यो कुरा सार्वजनिक गर्नुको कारण यो हो कि म उसलाई पाठ पढाउन चाहन्छु । यी सबै कुरा सहन निकै गाह्रो भइरहेको छ । केही चमत्कार भइदिए हुन्थ्यो र चाँडै नै यो समय बिते हुन्थ्यो । म भ्लादलाई घृणा गर्दिनँ तर उनले जे गरे त्यसपछि उनी मेरो जीवनबाट अलग्गिएकै राम्रो ।’

आफ्नो इन्स्टामा सोफियाले मेसेज पनि पोष्ट गरेकी छिन् । जसमा लेखिएको छ, ‘म तिमीलाई माफ गरिदिन्छु तर तिम्रो लागि होइन, मेरै लागि । म आफ्नो मनमा रिस पाल्न चाहन्नँ । म तिमीलाई माफ गर्छु किनभने कसैलाई घृणा गर्नु भनेको ती व्यक्तिलाई आफूसँग होल्ड गर्नु हो । म तिमीसँग कुनै सम्बन्ध राख्न चाहन्नँ ।’

 

I forgive you with so much love. I hope you have learnt that greed and jealousy is the ego is Satan. Greed leads to deceipt and immorality which is the breeding ground for illness and war on our earth. Every act of hate and war on this earth begins with self hate and self destructiveness. Face your true inner self. Choose to be well Choose to be free Choose to be love. I set you free and transcend you to the highest light. May you receive wisdom from this experience and be able to accept pure love. I am sorry ypu were unable to onow true love. May you let go of the karmic energetic ties to all that is not love. I choose to let go of your energy from my space and I retrieve all my energy from yours. Thankyou. It is done and so it is.

A post shared by Sofia Hayat (@sofiahayat) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप