शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनमा नेपाली दुताबासले सेवा दिन शुरु गर्‍यो

शुक्रबार, २१ वैशाख २०७५, ११ : २३
शुक्रबार, २१ वैशाख २०७५

बार्सिलोना -मेड्रिडस्थित नेपाली दूताबास स्पेनले सेवा दिन थालेको छ ।

नेपाली दूताबास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउनेलगायत सबै सेवा दिन शुरु गरेको हो । 

मेड्रिडमा नेपाली दूताबासले आफ्ना कर्मचारी बाहेक कागजबिहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरेको हो । 

नेपाली दुताबास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ । 
     
स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझीले  कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप