शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्टेफन हकिङ्गको अन्तिम अनुसन्धान पेपर प्रकाशितः के छ यसमा ?

बिहीबार, २० वैशाख २०७५, १६ : ४५
बिहीबार, २० वैशाख २०७५

स्काठमाडौं–टेफन हकिङ्ग दिवंगत भइसके तर मृत्युपछि पनि उनले संसारलाई थप एक अनुसन्धान पेपर उपहार दिएका छन् । यो पेपर ‘जर्नल अफ हाई फिजिक्स’मा यो हप्ता प्रकाशित भएको छ ।

हकिङ्गका अन्य कृतिजस्तै यो आलेखले पनि ब्रम्हाण्डबारे अनुत्तरित रहेका प्रश्नहरुको उत्तर खोजेको छ । यो पेपर मुख्यत ब्रम्हाण्ड एउटा मात्रै छ कि धेरै वटा छन् ? ब्रम्हाण्डको उत्पतीको कारण मानिएको ‘बिग ब्याङ्ग’ले नै  असिमित सङ्ख्यामा ब्रम्हाण्ड श्रृजना गरेको थियो कि ? असिमित वटा ब्रम्हाण्ड छन् भने ति सबैमा एउटै भौतिकशास्त्रिय नियम लागु हुन्छ कि सबैमा अलग अलग हुन्छ ? यदी ब्रम्हाण्ड असिमित नभएर धेरैवटा मात्र छ भने तिनमा साझा हुने केही नियम हुन्छन ? जस्ता प्रश्नहरु छन् ।

यदी यी प्रश्नहरुले तपाईको दिमाग घुमायो भने विस्तारमा बुझ्नको लागि तपाई आफैले उक्त अनुसन्धानात्मक पेपर पढ्नुपर्छ । हकिङ्गको यो पेपर लेखनमा बेल्जियमको लेउभन विश्वविद्यालयको इन्स्टीच्युट फर थिओरेटिकल फिजिक्सका थोमस हरटोगले सगँसगै काम गरेका थिए ।

यसको मुख्य चुरो कुरा यस्तो छः मानौं ब्रम्हाण्ड ‘बिग ब्याङ्ग’बाट निर्माण भएर असिमित रुपमा फैलिन थाल्यो । कहिले अन्त्य नहुने भनिएको यो फैलावटबाट हकिङ्ग र हरजोगको विचारमा सङ्ख्यामा ब्रम्हाण्ड बने । तर यदी ब्रम्हाण्ड असिमित छन् भने समस्या आउछ हाम्रो ब्रम्हाण्डको स्थान के हो र यी सम्पूर्ण ब्रम्हाण्डमा लागु हुने नियम कस्तो हुन्छ ,समान वा फरक ?

यो पेपरमा हकिङ्ग र हरजोगले ‘बिग व्याङ्ग’को सैदान्तिक गुणलाई गणितको माध्यमले पुनरजाँच गरेका थिए । ब्रम्हाण्डको यो नयाँ मोडलमा उनीहरुले सम्पूर्ण ब्रम्हाण्डमा सबै नियम समान नभए पनि केही आधारभूत नियमहरु भने समान हुन्छन् भन्ने धारणा राखेका छन् । यसले भविष्यका वैज्ञानिकहरु र भौतिकशास्त्रीहरुलाई अन्य ब्रम्हाण्डको पहिचान गर्नको लागि बढी व्यवस्थीत जानकारीहरुहरु दिएको छ ।
यो पेपरको अन्तिम स्वरुप हकिङ्गको मृत्यु हुनुभन्दा दश दिन अघि बुझाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप