शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केएल दुगड समुहले ल्यायो ज्ञान चामलको पिठो

बुधबार, १९ वैशाख २०७५, १७ : ३८
बुधबार, १९ वैशाख २०७५

काठमाडौं । के एल दूगड समूहको ज्ञान ब्राण्डले नयाँ उत्पादन चामलको पिठो नेपाली बजारमा ल्याएको छ ।  

के एल दुगड ग्रुपले गहुँ, मकैको पिठोसमेत लामो समयदेखि नेपाली बजारमा उत्पादन गर्दै आएको छ । ज्ञान चामलको पिठो मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा ५ केजी र २ केजीको प्याकमा उपलब्ध रहेको दूगडले जनाएको छ । ज्ञान चामलको पिठो कृषि फार्महरुबाट छानेर ल्याईएको धानलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिएको दूगडले जनाएको छ । खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको ठाहराएको दूगड समूहको भनाइ छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप