शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालकै हितमा होला मोदीको नेपाल भ्रमण ?

बुधबार, १९ वैशाख २०७५, १५ : ४१
बुधबार, १९ वैशाख २०७५

प्रधानमन्त्री केपी ओलीले भारतको औपचारिक भ्रमण सम्पन्न गरेको अझै एक महिना बितेको छैन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउने चाहना व्यक्त गरेका छन् । यो संयोगप्रति व्यापक आशंका बढेको छ । आशंका बढ्नुमा नेपालप्रति भारतको वक्रदृष्टि हो भन्ने कुरा स्पष्ट छ । भारतले नेपाललाई हेर्ने दृष्टिकोण अत्यन्त ‘ठालू’ पाराको छ । ठालू यसकारण कि, भारतले नेपाललाई आपूm मातहतको एउटा सानो राज्यको रुपमा व्यवहार गर्न खोज्दछ । विगतकालमा यही अनुभूति भएको छ आम नेपालीहरुमा । 

भारत सरकारले नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न छिमेकी मुलुक हो भन्ने यथार्थलाई आत्मसात् गर्न सकिरहेको छैन । नेपाललाई सानो मुलुकको रुपमा भारतले व्यवहार गर्न चाहेको स्पष्ट हुन्छ । खुला सिमाना र भारतवेष्ठित भएका कारण नेपाललाई भारतको सहयोग अपरिहार्य जस्तै छ । उत्तरतिरको छिमेकी मुलुक विश्वकै धनी बन्ने प्रतिस्पर्धामा रहेको तर उत्तरतिरको नेपालको सिमाना प्राकृतिक रुपले नै जटिल रहेको कारण नेपालको विकासमा दक्षिणको सहयोग आवश्यक हुन पुगेको छ । परन्तु दक्षिणको शासकवर्ग नेपालको हितमा प्रस्तुत हुन चाहेको पाइँदैन । पटक–पटक भइरहने सीमा अतिक्रमण र नेपालको जलसम्पदामाथि आफ्नो कब्जा जमाउने दक्षिणको छिमेकीको चाहनाले गर्दा नेपालको सम्बन्ध सदैव तिक्ततापूर्ण रहँदै आएको छ । 

६ दशकदेखि नेपाली जनताले बनाउन चाहेको तर बनाउन नपाएको संविधान ०७२ सालमा ८ वर्षको संविधानसभाको अथक प्रयत्नपछि जारी भयो । यति ठूलो संघर्षपश्चात् तयार गरिएको संविधानलाई दक्षिणको छिमेकीले अस्वीकार गरिदियो । यही संविधानलाई आधार बनाएर ६ महिनासम्म नाकाबन्दीसमेत ग¥यो । छिमेकीको यो दुव्र्यवहार जतिसुकै निन्दा गरे पनि कम हुन्छ । तर नेपाली मन हो, संसारभरि शान्तिको सन्देश प्रवाह गर्ने गौतम बुद्धले जन्म लिएको नेपाल हो, छिमेकीप्रति नेपाल र नेपाली जनताको शत्रुतापूर्ण भावना लामो समय रहन सकेन । नाकाबन्दीमा सहनु परेको कष्ट सबै बिर्सिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका निम्ति नेपाल र नेपाली जनता तयार भएर बस्नुपरेको अहिलेको यथार्थ हो । 

भारतका प्रधानमन्त्रीबाट निम्तो प्राप्त भएपछि भ्रमणमा जानु हाम्रा प्रधानमन्त्री केपी ओलीको बाध्यता नै हो भन्नुपर्दछ । खुला सिमाना रहेको, रोटीबेटीको सम्बन्ध रहेको छ, भाषा र संस्कृतिको सम्बन्ध रहेको छिमेकी देशबाट भ्रमणका निम्ति अनुरोध आएपछि स्वाभाविक रुपमा त्यो भ्रमण हुनुपर्दथ्यो, भयो । केही पक्षबाट भारतको भ्रमण नगरी चीनको बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली जानु पर्दथ्यो भन्ने आशयका टिप्पणी पनि आएका छन् । स्वयं चीनका तर्फबाट भने प्रधानमन्त्री ओलीले पहिले चीनको भ्रमण गर्नुपथ्र्याे भनेर कुनै प्रतिक्रिया जनाएको पाइएको छैन, अर्थात् भारतको भ्रमण पहिले किन ग¥यौ भनेर नेपालका प्रधानमन्त्रीलाई चीनले कुनै गुनासो व्यक्त गरेको छैन । नेपालका केही आलोचकहरुले मात्र प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई ठूलो मुद्दा बनाएको देखिन्छ । हुन त आलोचकहरुबाट आएका आलोचनाहरु पनि तर्कसंगत नै देखिन्छन् ।

भारतको नेपाललाई हेर्ने दृष्टिकोण नै सकारात्मक हुन नसकिरहेको अवस्थाले गर्दा भारतप्रति सशंकित भइरहनु नेपालीहरुको बाध्यता रहन गएको छ । परन्तु प्रधानमन्त्री केपी ओलीले भारतको निमन्त्रणालाई अस्वीकार नगरेर भारत भ्रमण गर्दैमा चीनसँगको सम्बन्ध बिग्रिन्छ भन्ने सोचाइ नितान्त गलत हो भन्ने लाग्दछ । चीन विश्वकै शक्तिशाली देशका रुपमा उकालो चढिरहेको एउटा सभ्य सामाजिक संस्कार भएको मुलुक हो । यो मुलुकले कुनै पनि देशमाथि आफ्नो हैकम कायम गर्न चाहना गरेको पाइँदैन । विश्वका सबै मुलुकसँग समान सम्बन्ध बनाउन संकल्पित भएर लागिरहेको यो मुलुकका लागि नेपालले आफ्नो छिमेकी भारतसँग सुमधुर सम्बन्ध बनाएको हेर्न चाहनु स्वाभाविक हो । भारतसँग नेपालको सम्बन्ध बिग्रनु भनेको चीनका निम्ति पनि टाउको दुःखाइको विषय बन्न पुग्ने हुन्छ । त्यसैले भारत र नेपालको सम्बन्धप्रति चीनको सहयोगी भूमिकाको अपेक्षा गरिनु स्वाभाविक हो । 

छिमेकी देश भारतले पनि ६ महिनासम्म नेपालविरुद्ध नाकाबन्दी गर्दा नेपालमा भारतविरोधी भावना निकै गुणात्मक फड्को मारेर वृद्धि भएको यथार्थलाई हेरिरहेको छ । त्यही यथार्थलाई मध्यनजर गरी नेपालसँग सम्बन्ध सुधार्ने चाहना भारतले गर्नु स्वाभाविक हो । नेपालप्रति भारतको सहयोगी भावना नभए पनि नेपाल विरुद्धको भावना नभइदिए हुन्थ्यो भन्ने आम नेपालीको चाहनालाई भारतीय शासक वर्गले बुझ्न सक्यो भने त्यो नै नेपालका लागि ठूलो उपलब्धि हुनेछ । 

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा नेपालको अहितमा कुनै काम गरेका छैनन् भनेर नेपाली जनताले विश्वास गरिरहेको अवस्था छ । परन्तु कोशी उच्च बाँध सम्बन्धमा जुन किसिमका चर्चा बाहिर आएका छन्, ती चर्चाले आशंका जन्माएको छ । सरकारका तर्पmबाट कुनै प्रतिक्रिया नआउनु झनै ठूलो विडम्बना भएको छ । नेपालको अहितमा छ भन्दाभन्दै कोशी उच्चबाँध प्रधानमन्त्री केपी ओलीबाटै भारतलाई उपहार चढाइएको हो भने त्यसले ऐतिहासिक कमजोरी साबित गर्ने निश्चित छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणको चर्चा भइरहेको अवस्थामा भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गर्नुका पछाडि के कारण होला भनेर नेपाली जनमानसमा ठूलो आशंकायुक्त जिज्ञासा बढाएको छ । 

प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विगतमा भएका असमान सन्धिसम्झौताहरु खारेज गर्नुपर्दथ्यो भन्ने खालका अपेक्षा गरिएका टिप्पणीहरु पनि आएका छन् । अरुले गरेका सन्धिसम्झौताहरु केपी ओलीबाटै खारेज गरिनुपथ्र्याे भन्ने अपेक्षा गरिनुले केपी ओलीप्रतिको विश्वासलाई संकेत गर्दछ । अरुबाट भएका राष्ट्रघाती कामहरु केपी ओलीले सच्याएर अगाडि बढ्नुपर्छ र नेपाललाई समृद्धितिर बढाउनुपर्छ भन्ने अपेक्षा नेपाली जनमानसमा देखापर्नु स्वयं प्रधानमन्त्री केपी ओलीको निम्ति सौभाग्य पनि हो । यस्तो यस्तो सौभाग्य जो कोहीले पाउँदैन । नेपाल र भारतबीच यसअघि भएका कुनै पनि सन्धिसम्झौताहरु असमान छन् भन्ने दाबी नेपाली पक्षको रहँदै आएको छ ।

भारतपक्षबाट नेपाल–भारतबीच भएका सन्धिसम्झौताहरु असमान रहेको भनेर टिप्पणी भएको पाइएको छैन । यसबाट पनि पुष्टि हुन्छ, नेपाल र भारतबीच भएका सन्धिसम्झौताहरु नेपालको हितमा छैनन् । त्यसैले नेपालको अहितमा भएका सन्धिसम्झौताहरु खारेज गरिनुपर्छ, नवीकरण गरिनुपर्छ, समयानुकूल गरिनुपर्छ, सम्मानजनक र समान हैसियतमा गरिनुपर्छ भन्ने चाहना नेपाली पक्षको रहनु स्वाभाविक हो । नेपालका प्रधानमन्त्रीले नेपाली जनताको यही चाहनालाई बुझेर छिमेकी देश भारतसमक्ष नेपालको अहितमा रहेका सन्धिसम्झौताहरु सच्याउन प्रस्ताव गर्न सक्नुपर्दछ । मित्रवत् सम्बन्धको संकेत नियमित भेटघाटले गरिरहेको छ । यो मित्रवत् सम्बन्धलाई आपसी हितको सवालमा उपयोग गर्न सकिएन भने इतिहासले पश्चाताप मात्र गराउने निश्चित छ । आगे कमरेड केपी ओलीकै मर्जी !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप