माओवादी बैठकमा प्रचण्डले गरे यस्तो ब्रिफिङ, हाेला त केहि दिनमै एकता ?

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुने बताएका छन् । समान हैसियतमा पार्टी एकता गर्न एमाले-माओवादीबीच समझदारी भइसकेको उनको भनाई थियो ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै प्रचण्डले समान हैसियतमा केहि दिनभित्रै एकता हुने बताएका हुन् ।
बैठकपछि प्रवक्ता पम्फा भुसालले पार्टी एकता समान हैसियतमा हुने अध्यक्षले बैठकलाई जानकारी गराएको बताइन् ।
यस्तै यस्तै एमाले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्टे समेत बताएका थिए ।
यस्तै प्रचण्डले बिहिबार नै एमाले अध्यक्ष केपी ओलीसँग मिल्न बाँकी विषयमा छलफल गरेर केहि दिनभित्रै एकता गर्ने तयारी भइरहेको समेत जानकारी गराएको बताइएको छ ।
मंगलबारमात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको केहि दिनभित्रमै दुई पार्टीबीच एकता गर्ने गरी छलफल भइरहेको सार्वजनिक गरेका थिए ।
यद्यपि गत असोज १७ गते चुनाव गठबन्धनको घोषणा गर्दै एकता गर्ने सम्मको सहमति गरेका दुई पार्टीबीच एकीकरणको घोषणा भने पर सर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन