माओवादी बैठकमा प्रचण्डले गरे यस्तो ब्रिफिङ, हाेला त केहि दिनमै एकता ?
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुने बताएका छन् । समान हैसियतमा पार्टी एकता गर्न एमाले-माओवादीबीच समझदारी भइसकेको उनको भनाई थियो ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै प्रचण्डले समान हैसियतमा केहि दिनभित्रै एकता हुने बताएका हुन् ।
बैठकपछि प्रवक्ता पम्फा भुसालले पार्टी एकता समान हैसियतमा हुने अध्यक्षले बैठकलाई जानकारी गराएको बताइन् ।
यस्तै यस्तै एमाले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्टे समेत बताएका थिए ।
यस्तै प्रचण्डले बिहिबार नै एमाले अध्यक्ष केपी ओलीसँग मिल्न बाँकी विषयमा छलफल गरेर केहि दिनभित्रै एकता गर्ने तयारी भइरहेको समेत जानकारी गराएको बताइएको छ ।
मंगलबारमात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको केहि दिनभित्रमै दुई पार्टीबीच एकता गर्ने गरी छलफल भइरहेको सार्वजनिक गरेका थिए ।
यद्यपि गत असोज १७ गते चुनाव गठबन्धनको घोषणा गर्दै एकता गर्ने सम्मको सहमति गरेका दुई पार्टीबीच एकीकरणको घोषणा भने पर सर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण