शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको अन्तिम नतिजा : दश तहमा काँग्रेस, पाँचमा एमाले र तीनमा अन्य

आइतबार, २५ असार २०७४, १४ : १६
आइतबार, २५ असार २०७४

विराटनगर एक महानगरपालिकासहित मोरङका सत्र स्थानीय तहमध्ये १० मा नेपाली काँग्रेस र पाँचमा नेकपा९एमाले० ले जित हात पारेका छन् । 

मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् । प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी हुनुभएको छ । 

आठ नगरपालिकामध्ये पाँच नगरपालिकाका प्रमुखमा काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुखमा तथा रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरंैचा नगरपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवारले जित हात पार्नुभएको छ । 

सोबाहेक पथरी– शनिश्चरे र बेलवारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले तथा रङ्गेली नगरपालिका प्रमुखमा नेकपा ९माओवादी केन्द्र० विजयी भएका छन् । 

जिल्लाका आठ गाउँपालिकामध्ये कटहरी र केराबारीका अध्यक्षमा काँग्रेस, मिक्लाजुङ, कानेपोखरी र ग्रामथानमा एमाले, बूढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी हुनुभएकोे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप