शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बस दुर्घटना हुँदा दुईको मृत्यु

आइतबार, २५ असार २०७४, १४ : १४
आइतबार, २५ असार २०७४

सल्यान -दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस आज बिहान त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । 
घाइते चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका झिम्पे निवासी ५२ वर्षीय रातो खड्का तथा अर्का सनाखत हुन नसकेका व्यक्ति छन् । घाइतेको जिल्ला अस्पताल खलङ्गा र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 
गम्भीर घाइते भएकाहरुलाई भने नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट झण्डै ५० मि तल झरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप