फेवाताल अतिक्रमणका सम्बन्धमा बोल्यो वाइसिएल, दियो कडा चेतावनी
काठमाडौं– नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएलले फेवातालमा भएको अतिक्रमणका विषयमा आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार सो संगठनको ४ नम्बर प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै फेवाताल अतिक्रमणबारे आएका पछिल्ला समाचारबारे आफ्नो संगठनको गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।
वाइसिएलले पछिल्ला वर्ष फेवाताल वरिपरि अतिक्रमण गर्ने काम व्यापक रुपमा भैरहेको जनाउँदै अतिक्रमण भएको क्षेत्र भत्काएर सो ताललाई जलाधार तथा वातावरण संरक्षण क्षेत्र घोषणा गर्न माग समेत गरेको छ । वि.सं. २०१८ सालमा १० वर्ग किलोमिटरमा फैलिएको फेवाताल २०६४ सालसम्म आइपुग्दा ४.०२ वर्ग किलोमिटरमा खुम्चिएको जनाउँदै सो संगठनले अतिक्रमण छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेको छ ।
संगठनले सर्वोच्च अदालतको आदेशलाई तुरुन्तै पालना गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उक्त आदेश कार्यान्वयन नभए शसक्त आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर