बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

यो महिनाभित्र सबै बालबालिका खोजेर ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

मङ्गलबार, १८ वैशाख २०७५, १६ : २५
मङ्गलबार, १८ वैशाख २०७५

झापा– प्रधानमन्त्री केपी ओलीले विद्यालय जना नपाएका सबै बालबालिकालाई खोजेर भएपनि विद्यालयमा ल्याउन जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अबदेखि कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुन नहुने बताए । मुलुकका कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुन नहुने भनेर आफुले कर्णालीबाट सो अभियानको उद्घाटन गरेको दाबी गर्दै उनले अब कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुन नहुनेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले भने– तपाईं गाउँ–गाउँ गएर विद्यालय जान नपाएका बालबालिका खोजेर विद्यालयसम्म ल्याउनुहोस्, अब पनि बालबालिका विद्यालय जान पाएनन् भन्ने कुरा सुन्नु लाजमर्दो हो ।  उनले यो महिनाभित्र गाउँ–गाउँ पुगेर सबै बालबालिकालाई विद्यालयमा ल्याउन समेत निर्देशन दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप