यो महिनाभित्र सबै बालबालिका खोजेर ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन
झापा– प्रधानमन्त्री केपी ओलीले विद्यालय जना नपाएका सबै बालबालिकालाई खोजेर भएपनि विद्यालयमा ल्याउन जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अबदेखि कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुन नहुने बताए । मुलुकका कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुन नहुने भनेर आफुले कर्णालीबाट सो अभियानको उद्घाटन गरेको दाबी गर्दै उनले अब कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुन नहुनेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले भने– तपाईं गाउँ–गाउँ गएर विद्यालय जान नपाएका बालबालिका खोजेर विद्यालयसम्म ल्याउनुहोस्, अब पनि बालबालिका विद्यालय जान पाएनन् भन्ने कुरा सुन्नु लाजमर्दो हो । उनले यो महिनाभित्र गाउँ–गाउँ पुगेर सबै बालबालिकालाई विद्यालयमा ल्याउन समेत निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण