शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुद्ध जयन्तीको अवसरमा पाकिस्तानमा निकालियो ‘शान्ति पदयात्रा’

मङ्गलबार, १८ वैशाख २०७५, १२ : ४८
मङ्गलबार, १८ वैशाख २०७५

इस्लामावाद । २५६२ औं बुद्ध जयन्तीको अबसरमा यहाँस्थित नेपाली राजदूतावासले ‘शान्ति पदयात्रा’ आयोजना गरेको छ ।

सो अबसरमा पाकिस्तानका लागि नेपाली राजदूत स्वेता लम्साल अधिकारीले गौतम बुद्धको जीवन र शिक्षाबारेमा प्रकाश पारिन् । सम्बोधनको क्रममा अधिकारीले गौतम बुद्धको शिक्षाले राजनैतिक र भौतिक सीमा नाघेको  बताइन् । उनले पाकिस्तानमा रहेको अद्वितीय गान्धारा बौद्ध धरोहरले नेपाल र पाकिस्तानबीचको सम्बन्धमा साँस्कृतिक पुलको काम गरेको बताइन् ।

राजदूतले यो कार्यक्रम स्थानीयहरुको सक्रिय सहभागितामा आयोजना गरिएको बताइन् ।

सम्बोधनमा राजदूत अधिकारीले लुम्बिनीमा आयोजना भएको दूई दिने अन्तराष्ट्रिय बौद्ध सम्मेलनबारेमा पनि उल्लेख गरिन् । 

कार्यक्रममा प्रमुख अतिथि रहेका इस्लामावाद महानगर निगमका मेयर शेख अन्सर अजीजले बुद्धको शिक्षाको महत्वबारेमा प्रकास पारे । उनले राजदूतावासको कार्यक्रमको स्वागत गर्दै भावि दिनमा राजदूतावासको यस्तो कार्यक्रममा आवश्यक सहयोग गर्ने बताए ।

‘शान्ति पदयात्रा’ इस्लामावादको सबैभन्दा ठूलो पार्क ‘फतिमा जिन्नाह पार्क’मा आयोजना गरिएको थियो । यस पदयात्रामा विभिन्न कुटनीतिकज्ञ , क्षेत्रिय र अन्तराष्ट्रिय सस्थाका प्रतिनिधि, सञ्चारकमी, पाकिस्तानमा रहेका नेपालीहरु र पाकिस्तानीहरु सहभागी भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप