बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सोफिया हयातले विवाहको एक वर्षपछि नै श्रीमानलाई घरबाट निकालिन्

मङ्गलबार, १८ वैशाख २०७५, १२ : ३६
मङ्गलबार, १८ वैशाख २०७५

नन बनिसकेपछि विवाह गरेकी बोल्ड नायिका सोफिया हयातले एक वर्षपछि श्रीमानलाई घरबाट निकालेकी छिन् ।

श्रीमानसँग पवित्र सेक्स सिकाउँछु भन्ने यी नायिकाले श्रीमान् भ्लाद स्ट्यान्स्यूसँगको सम्बन्ध समाप्त गरेको जानकारी इन्टाग्रामार्फत दिएकी हुन् ।

आजकाल न्यूयोर्कमा बसिरहेकी सोफियाले श्रीमान शैतान र चोर भएकाले घरबाट निकालेको जानकारी दिएकी छिन् ।

सोफियाले इन्टाग्राममा उनका श्रीमानले आफू इन्टेरियर डिजाइनर भएको बताएपनि वास्तवमा उनी ऋणमा डुबेका व्यक्ति भएको थाहा पाएपछि उनीसँगको सम्बन्ध समाप्त गरेको जानकारी दिइन् ।

उनले लेखेकी छिन्, ‘मैले उनको खर्च उठाउँथे तर उनी राम्रा व्यक्ति थिएनन् त्यसकारण पनि मैले उनीसँगको सम्बन्ध तोडेको हुँ ।’

सन् २०१७ को मार्चमा सोफियाले भ्लादसँग विवाह गरेकी थिइन् ।

सोफियाले फेब्रुअरी २४ तारिखमा आफू गर्भवती भएको प्रतिकात्मक तस्बिर इन्टाग्राममासमेत राखेकी थिइन् ।

एक इन्टरटेन्मेन्ट पोर्टललाई अन्तर्वार्तामा सोफियाले आफूले गर्भमा भएको सन्तान गुमाएको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप