खानेपानीको दु :ख - एउटा कुवाको भरमा दुईसय परिवार
सुशीला रेग्मी
पाल्पा- पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन ।
गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँभmोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी उपभोग गर्दै आइरहेको वडा नं ४ का वडासदस्य तीर्थबहादुर रानाले बताए ।
उनी आफैँ पनि खानेपानीको लागि गाउँगाउँमा पुगेर कुवामा पानी खोजेर जीविका चलाउँदै आउनुभएको छ । नगरपालिकामा खानेपानी समस्याका विषयमा कुरा उठाए पनि अहिलेसम्म यस सम्बन्धमा सुनुवाइ हुन नसकेको उनको गुनासो छ ।
“नगरपालिकामा खानेपानीको समस्या समाधानबारे जानकारी गराउँदा सानो रकमले अपुग हुने भन्दै यसको वैकल्पिक व्यवस्थाका लागि केन्द्रबाट बजेट माग गर्ने भनेर आश्वासन दिइएको छ, यहाँका स्थानीयवासी भने खानेपानीले तड्पिरहेका छन्” उनले भने ।
गाउँमा बिजुलीको सुविधा पुगेको छ, लिफ्टिङ गरेर पानीको व्यवस्था गर्न सकिन्छ तर यस विषयमा जनप्रतिनिधि भने मौन रहेको स्थानीयवासी रामबहादुर राना बताउँछन् । यहाँका स्थानीयवासीले रातिको २ बजे नै उठेर कुवाको पानी खोजेर जीविका चलाउन बाध्य छन् ।
एक गाग्री पानीकै लागि दुईदेखि तीन घण्टाको समय बिताउनुपर्छ । खानेपानीको हाहाकारले घरायसी कामकाजमा निकै समस्या झेल्नु परेको मिट्ठु मल्लको भनाइ छ । बिहान उज्यालो नहँुदै कुवा वरिपरि पानी खोज्नेको ठूलो ताँती देखिन्छ । पानीको समस्याले एक अर्काबीच गाउँमा छिमेकीबीच झैझडा समेत हुने गरेको रामपुर नगरपालिका–३, गैलुकका दुर्गाबहादुर मल्ल बताउँछन् ।
निर्वाचनमा भोट माग्न गाउँगाउँमा पुगेका दलका नेताले भोट देऊ खानेपानी ल्याइदिन्छु भनेर ठूलो आश्वासन दिएका थिए । हरेक वर्ष यहाँका स्थानीयवासीले नेता कार्यकर्तासँग सधैँ खानेपानीको जोहो गर्न माग गरे पनि अहिलेसम्म कहीँकतैबाट राहत पाउन सकिरहेका छैनन् ।
चुनाव आउँदैपिच्छे खानेपानीको एजेण्डा पहिलो प्राथमिकतामा राखेर गाउँगाउँमा पुगेका राजनीतिक दलका नेता कार्यकर्ता विजय हासिल गरेपछि गाउँमा फर्कँदैनन् । अहिले स्थानीय सरकार जनप्रतिनिधिको हातमा छ तर यहाँका जनताले भने खानेपानीको केही राहत नपाउँदा आक्रोशित बनेका छन् ।
स्वास्थ्य खोपकेन्द्र भवन निर्माण
यसैबीच, पूर्वखोला गाउँपालिका–१ सिलुवा बैछाप, पाल्पामा स्वास्थ्य खोपकेन्द्रको भवन निर्माण गरिएको छ ।
पूर्वखोला गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा भवन निर्माण गरिएको स्वास्थ्य शाखाका संयोजक श्रीराज आचार्यले बताउनुभयो । स्थानीय नरसिंह झेदीले स्वास्थ्य खोप केन्द्रका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि खोपकेन्द्रको भवन निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण