एक महिनाअघि श्रीमान् गुमाएकी नेपाली महिलाको लण्डनमा गाडिको ठक्करबाट मृत्यु
मङ्गलबार, १८ वैशाख २०७५, ०८ : २८
एक महिनाअघि नेपालमा श्रीमान् गुमाएकी महिलाको लण्डनमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट मृत्यु भएको छ ।
आइतबार लण्डनको वेस्ट हन्स्लोस्थित आफ्नै निवासनजिकै घरमा पाहुना आउने भएकाले किनमेल गर्न पसल गएर फर्कदैं गर्दा बाटो काट्ने क्रममा ४९ वर्षीया मिना तावाहाङ लिम्बूको मृत्यु भएको हो ।
पाँचथर स्थायी घर भई अहिले लण्डन बस्दै आएकी लिम्बुको श्रीमानको एक महिनाअघि नेपालमा मृत्यु भएको थियो । श्रीमानको काजक्रिया पूरा गरी उनी एक साताअघिमात्र लण्डन फिर्ता भएकी थिइन् ।
घटनास्थलमा नै मृत्यु भएकी लिम्बुको शव लण्डनस्थित एक अस्पतालमा राखिएको छ ।
लिम्बुका २४ र २० वर्षका दुई छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान