बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२९ लाख ब्लडमनि जुटेपछि छुट्ने भए टोपबहादुर

सोमबार, १७ वैशाख २०७५, १८ : २३
सोमबार, १७ वैशाख २०७५

बिनोद श्रेष्ठ
युएर्इ–टोपबहादुर बँचाउ सहयोग अभियानबाट संकलित रकम गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले नेपाली दूताबास आवुधावीलार्इ हस्तान्तरण गरेको छ।

गैरआवासीय नेपाली संघ युएईको संयोजन र युएर्इमा रहेका संघसस्था तथा व्यवसायीको सहयोगमा संकलित एक लाख दिराम अर्थात २९ लाख रूपैया गत शनिबार गैरआवासीय नेपाली संघ (एनआएनए) युएर्इका अध्यक्ष रमेश श्रेष्ठले युएर्इका लागि नेपाली कार्यबाहक राजदूत सागर प्रसाद फुँयाललार्इ हस्तान्तरण गरेका हुन्। 

उक्त रकम हस्तान्तरण कार्यक्रममा युएर्इमा रहेका समाजिक संघसस्था प्रमुख तथा प्रतिनिधि, समाजसेवी, ब्याबसायी, राजनितिकर्मी, पत्रकार लगायत अन्य नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रकम हस्तान्तरण सँगै छिट्टै कानुनी प्रकृया पुरा गरि टोपबहादुर नेपाल फर्किने युएई स्थित नेपाली दुतावासले जनाएको छ।  

चार बर्ष अघि काम गर्नै क्रममा युएर्इस्थित अलएेनमा क्रेन दुर्घटनामा परि दुई जना थाई नगरिकको मृत्यु भएपछि बिकलार्इ दोषी ठहर गर्दै अदालतले मृतकको क्षतिपूर्ति (ब्लडमनि) १ लाख दिराम सजाय सुनाएको थियो । उक्त दुर्घटना हुँदा टोपबहादुर क्रेन अपरेटरको हेल्परको रूपमा काम गरेका थिए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप