राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण
रत्ननगर, चितवन - राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले चितवनको रत्ननगरका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले एक जना चेपाङ र एकजना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका हुन् ।
आइतबार रत्ननगरस्थित गामवेंसी चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा इच्छाकामना गाउँपालिका–१ काउलेकी सात वर्षीया मायाँ चेपाङलाई उनले कक्षा १ मा भर्ना गराए ।
यस्तै रत्ननगरको जनजागृति माविमा पनि स्थानीय अरुण रम्तेललाई कक्षा १ मा भर्ना गराएर उहाँले अभिभावकत्व ग्रहण गरेका हुन् । गामबेँशी चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै दाहालले चेपाङ बालबालिकाको अभिभावक बन्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सोही कार्यक्रममा गामबेँशी चेपाङ संरक्षण केन्द्रले चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई कदरपत्रसहित सम्मान गरेको थियो ।
चेपाङको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै अधिकारीलाई सम्मान गरिएको केन्द्रले जनाएको छ । राष्ट्रियसभा उपाध्यक्ष दाहालले उनलाई कदरपत्रसहित सम्मान प्रदान गरेका थिए ।
चेपाङ संरक्षण केन्द्रले राष्ट्रियसभा उपाध्यक्ष दाहाललाई आइतबार नै सल्लाहकार मनोनयन गरेको छ । कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरले विभिन्न क्षेत्रबाट आएको सहयोगले चेपाङ बालबालिका आवासीय रुपमा पठनपाठन गरिरहेको बताए ।
चेपाङ संरक्षण केन्द्रमा विद्यालय बाहिर रहेका र बीचैमा छाडेका विपन्न परिवारका १०० भन्दा बढी चेपाङ बालबालिका बसेर अध्ययन गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीका सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै, कोशीमा १९ कम्पनी सूचीकृत
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)