कांग्रेस बैठक सकिने बित्तिकै पौडेल समूह बन्यो असन्तुष्ट
काठमाडौं–नेपाली कांग्रेसको बैठकको निर्णयका सन्दर्भमा नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाएको छ ।
बैठक सकिएलगत्तै पार्टी कार्यालय सानेपामा आइतबार साँझ पत्रकार सम्मेलन गरी नेता पौडेलले बहुमतको बलमा विधान विपरित बैठकबाट निर्णय गरिएको दाबी गरे ।
पौडेलले यस्तो दाबी गर्नुअघि प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसँग कुराकानी गर्दै आगामी भदौमा महासमिति बैठक बालाउने लगायतका सबै निर्णयहरु सर्वसम्मत भएको बताएका थिए । बैठकले अघिल्लो निर्वाचनमा हार बेहोर्नुको प्रमुख कारण बाम गठबन्धननै भएको निश्कर्ष निकाल्दै हारको जिम्मेवारी आ–आफ्नै हिस्सेदार अनुसार लिनुपर्नेमा जोड दिइएको पनि उनले बताएका थिए ।
बैठकले भोलिनै निर्वाचित केन्द्रीय समिति बैठक बोलाएर पदाधिकारी मनोनयन गर्ने तय पनि गरेको बताइएको छ । सो निर्णयमा पौडेल समूहको असन्तुष्टि रहेको बताइएको छ । देउवाले पदाधिकारीमा सबै आफू निकटकालाई मनोनयन गर्ने तयारी गरेसँगै त्यो बुझेर पौडेल समूह रुष्ट बनेको बताइएको छ ।
बैठक सकिएसँगै महामन्त्री शशांक कोइरालासँगै प्रवक्ता शर्मा पत्रकार माझ उपस्थित भएका थिए भने सोलगत्तै पौडेलले पनि छुट्टै पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पौडेलको पत्रकार सम्मेलनमा धनराज गुरुङ, गगन थापा, कल्याण गुरुङ, रामशरण महतलगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला