शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (पूर्णपाठ)

आइतबार, १६ वैशाख २०७५, १६ : २९
आइतबार, १६ वैशाख २०७५

विवेक विश्वकर्मा
लुम्बिनी–लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म विश्व शान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गर्दै लुम्बिनीमा जारी अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनको समापन भएको छ । 

शनिबारदेखि चलेको सम्मेलनमा २३ देशका प्रतिनिधिहरु सहभागी थिए ।  

१० बुँदे घोषणापत्रमा लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा विकास गर्ने उल्लेख गरिएको छ । यस्तै  विश्व समुदायलाई बढ्दो हिंशा, असहिष्णुता र द्धन्दको सम्बोधन गर्न अह्वान गर्ने,  दिगो विश्व शान्तिको निम्ति बुद्धको शिक्षालाई अवलम्बन गर्दै अन्तरआस्था, सहयोग, सदाचारहरुलाई प्रवद्र्धन गरी रणनीति तर्जुमा गर्ने निर्णय गरिएको छ । 

सम्मेलनको समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको दर्शनको बारेमा लामो ब्याख्या गर्दै लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको उद्गमथलो भएको सम्मेलनले पुष्टि गरेको बताए । विश्वलाई अँध्यारोबाट हटाउनको लागि बुद्ध र बुद्धको दर्शनले महत्वपूर्ण टेवा पुर्याएको उल्लेख गरे । उनले हत्या र हिंसाको बाटो नभई विश्वले शान्तिको बाटो पछ्याउनु पर्ने बताए । 
० बुँदे घोषणापत्र यस्तो छः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप