बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिभावक नभएकी सपनाको सहारा बने देव गुरुङ

शनिबार, १५ वैशाख २०७५, १८ : २८
शनिबार, १५ वैशाख २०७५

समुन्द्रा घिमिरे
 

बेसीशहर । लमजुङवाट प्रतिनिधिसभाका सदस्य एवं माआृवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सहाराविहिन बनेकी एक बालिकाको अभिभाकत्व ग्रहण गरेका छन् ।

राईनास नगरपालिका–५, तिनपिप्लेमा रहेको शिशु विद्याश्रम माविको युकेजीमा अध्ययनरत बालिका सपना तामाङको शुक्रबार अभिभाकत्व ग्रहण गरेका हुन् । गुरुङले बालिकालाई झोला, किताब, कापी, कलम, विद्यालय पोषक प्रदान गर्दे बालिकालाई दश दुई जोडसम्म पढाउने गरी अभिभावकत्व ग्रहण गरेका हुन् ।    

उनले शिशु विद्याश्रम माविमै नर्सरी, एलकेजी र युकेजीमा पढ्ने साना बालबालिकाको दिवा खाजाको लागि भन्दै नगद २० हजार समेत विद्यालयलाई प्रदान गरेका छन् । गुरुङले विद्यालयका प्रअ नानुमाया पराजुलीलाई नगद २० हजार प्रदान गरेका हुन् ।

गुरुङले सबैलाई अनिवार्य शिक्षा दिनु राजयको दायित्व रहेको बताउदैँ कोही पनि बालबालिका शिक्षाको ज्योतिबाट टाढा हुन नहुनेमा जोड दिए । उनले भने, ‘विशेषगरी असहाय, टुहुरा बालबालिका शिक्षाको पहुँचबाट टाढा छन् । उनीहरुलाई शिक्षा दिनु आवश्यक छ ।’

विद्यालयकी प्रधानाध्यापक नानुमाया पराजुलीका अनुसार विद्यालयको नर्सरी, एलकेजी, युकेजीमा पढ्ने ११ जना बालबालिकाको घरायसी अवस्था कमजोर रहेकाले उनीहरुलाई निःशुल्क दिवा खाजाको व्यवस्था गरिएको जानकारी दिइन् ।

७ वर्षीया तामाङको बुवाआमा छैनन् । उनी मामाघर बस्दै आएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप