शिक्षा सचिव बालकको अभिभावक
पर्वत - शिक्षा सचिव खगराज बराल यहाँका एक बालकको अभिभावक बनेका छन् ।
मोदी गाउँपालिका–६ तिलाहारस्थित नवजागृत माविमा स्थानीयवासी विनोद र राधिका लामिछानेका पाँच वर्षीय छोरा विवशलाई कक्षा १ मा भर्ना गराएर अभिभावकत्व ग्रहण गर्दै हरेक बालबालिकाको पढ्न पाउने अधिकारको रक्षा गर्न सरकारले विद्यालय बाहिर रहेकालाई भर्ना गराउने अभियान चलाएको र यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
सोही अवसरमा गाउँपालिकाका प्रमुख प्रेम पौडेलले सुमित तथा कोपिला लामिछानेका छोरा समितलाई कक्षा १ मा भर्ना गराएर अभिभावकत्व ग्रहण गरे । त्यस्तै शिक्षा विभागका उपनिर्देशक नारायणप्रसाद सुवेदीले गणेश र सम्झना जिसीका छोरा सभ्यलाई भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।
त्यसैगरी मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले वीरेन्द्र र शान्ति केसीका छोरा अञ्जनलाई भर्ना गराएर अभिभावकत्व ग्रहण गरे ।
यसअघि सोही विद्यालयमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, मोदी–६ का वडाध्यक्ष विमल लामिछाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछानेले विद्यार्थी भर्ना गराएर अभिभावकत्व ग्रहण गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण