बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीले रोजेकै ठाउँमा सरकारले पठाउन सक्दैनः मन्त्री पण्डित

शुक्रबार, १४ वैशाख २०७५, १४ : १८
शुक्रबार, १४ वैशाख २०७५

विवेक विश्वकर्मा
रुपन्देही– संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री लालबावु पण्डितले सरकारले तोकेको ठाँउमा राष्ट्रसेवक कर्मचारी जानुपर्नेमा जोड दिएका छन् । मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाँउमा पनि जान्छु भनेर सपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाँउमा नजाने कर्मचारीलाई कार्बाही गरिने बताए । 

लुम्बिनी प्रेस क्लब भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सरकारले कर्मचारी समायोजनको कामलाई प्रभावकारी ढंगले अगाडि बढाएको बताए । उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह बृद्धि गरेर समायोजन गर्न नसक्ने बताए । 

राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाँउमा जानुपर्ने नभए जागिर छाडेर नीजि जीवन बिताउन गए पनि हुनेमा मन्त्री पण्डितले  जोड दिए ।  कर्मचारीले रोजेकै ठाउँमा सरकारले पठाउन नसक्ने बताउँदै मन्त्री पण्डितले कर्मचारीले अहिले स्वेच्छिक अवकाश लिएर जान पनि नपाउने बताए ।  मन्त्री पण्डितले दुई पार्टी बीचको एकताको कुरा अन्तिम चरणमा पुगेको उल्लेख गर्दै अब एकताको मिति तय गर्न मात्रै बाँकी रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप