केन्द्रीय संस्करण

आज अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय वार्ता : किन मोदी–सीबीचको भेटले अर्थ राख्छ ?

person access_timeबैशाख १४, २०७५ chat_bubble_outline0

काठमाडौँ । शुक्रबार विश्वको ध्यान बहुप्रतिक्षित अन्तर–कोरियाली सम्मेलनमा हुँदा एकै दिन अर्को उस्तै प्रभावशाली वार्ता चीनमा हुँदैछ । यसको परणामले विश्वको एक तिहाई जनसङ्ख्या प्रभावित गर्नेछ ।

‘अनौपचारिक’ सम्मेलन नाम दिइएको यो वैठकका लागि चिनिया राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीलाई शुक्रबार र शनिबार आफ्नो केन्द्रिय सहर वुहानमा आतिस्थ प्रदान गर्दै छन् । अघिल्लो वर्ष भारत–चीन–भुटानको त्रिदेशीय भू–भागमा सैन्य गतिरोध सृजना भएपछि दुई देशको सम्बन्धमा आएको चिसोपनामा सुधारको स्पष्ट संकेतको रुपमा यो भेटलाई हेरिदैछ । 

सोमबार रिपोर्टरहरुसँग बोल्दै भारतीय विदेश सचिव एस जयशंकरले यो आकस्मिक भेटको कुनै निश्चित उद्देश्य वा एजेन्डा नभएको बताए । उनले दुई जनाबीचमा ‘व्यक्तिगत र अन्तरक्रियात्मक’ संवाद हुने बताए ।

तर, के दुई बलिया नेताहरुले आफ्नो राष्ट्रहरुबीचमा रहेको विभेद पन्छाएर सँग–सँगै काम गर्न सक्छन् ?

दुई देश मिलाएर २ अर्ब ६० करोड जनसङ्ख्या छ र तिनले विश्वको कूल अर्थतन्त्रको १७.६ % भाग ओगट्छन् ।

कसरी यो वार्ता सम्भव भयो ?

यो भेट प्रचारमा भनिएको जस्तो अकस्मिक भने होइन । यसको आधार तयार पार्नको लागि पहिलेदेखि विभिन्न प्रयास भएको थियो । अगष्टमा सीमा गतिरोध अन्त्य भएको एक महिना पछिनै मोदी र सीले भारतमा सम्पन्न भएको ब्रिक्स सम्मेलनमा भेटेर आइसब्रेक गरेका थिए ।

त्यसपछि भारतबाट चीनतर्फ उच्च तहका भ्रमणहरुको शृङ्खला नै चल्यो । यसमा भारतका विदेश सचिव, राष्ट्रिय सुरक्षा सल्लहाकार, विदेश मन्त्री र रक्षा मन्त्रीको भ्रमण पनि समावेश थियो ।

यसबीचमा सम्बन्ध सुधारका अन्य प्रयास पनि भए । फेब्रुअरीमा दलाई लामा तिब्बतबाट भारत निर्वासित भएको ६० औँ वार्षिकोत्सबका हुन लागेको कार्यक्रममा सहभागी नहुन भारत सरकारले आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको परिपत्र सार्वजनिक भएको थियो । 

चीनले दलाई लामालाई पृथकतावादी नेता मान्दै उनलाई एक्लाउनको लागि विदेशी नेताहरुलाई उनलाई नभेट्न आह्वान गर्दै आएको छ ।

मार्चमा चिनियाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएपछि मोदीले सीलाई बधाई दिँदै यसले सीमाथि ‘सम्पूर्ण चिनियाँ जनताको समर्थन भएको देखाएको’ भनेका थिए ।

चीनले पनि उस्तै सम्बन्ध सुधारका कदमहरु चाल्यो । उसले आफ्नो देशमा मुल भएर भारततर्फ बहने ठूला नदीहरुको मापन तथ्याङ्क भारतलाई उपलब्ल गराउन पुनः सुचारु गर्यो । यसका साथै उनीहरुबीचमा अघिल्लो वर्षका गतिरोध पछि रोकिएको सैन्य अभ्यास सानो स्तरमा भए पनि  पुनः शुरु भएको छ ।

त्यसो भए अहिले नै किन यो सम्बन्ध सुधार ?

मोदीको लागि चीनसँग सम्बन्ध सुधारको स्पष्ट फाइदा छन् । उनी अर्को वर्ष आम निर्वाचनको सामना गर्दैछन् । हुनतः मोदी आफ्नो देशका मतदाताहरुमाझ निक्कै चर्चित छन् तर चीनसँग हुने सम्भावित मुठभेड, विशेष दुई देशका सेनानै संलग्न हुने द्वन्द्वले मोदीलाई निर्वाचनमा असर पार्न सक्छ । सीसँग भेटेर मोदीले यो सम्भावनालाई कम गर्न चाहन्छन् । 

यसका साथै उनले चीनसँग आर्थिक सहकार्यबाट सोचे जस्तो गति नलिइरहेका आफ्नो देशको अर्थतन्त्रलाई सकारात्मक असर पार्न सक्छन् ।

अर्को महत्वपूर्ण कुरा चीनको अर्थतन्त्र भारतको भन्दा पाँच गुणा ठूलो रहेको छ र चीनले भारतको भन्दा तीन गुणा बढी सैन्य खर्च गर्छ । हुनत भारतलाई सिमानाका कयैन स्थानमा फाइदा छ तर यसलाई त्यो सबलता विकास गर्न पनि समय लाग्ने देखिन्छ ।

त्यस्तै भारतलाई केही मुद्दामा बेइजिङ्गको सहायता चाहिएको छ । जस्तो पाकिस्तानमा आधार बनाएर भारतमा आतङ्क मच्चाउने समूहहरुमाथि कारबाही गर्नका लागि पाकिस्तानमा दबाब राख्नको लागि उसलाई चीन चाहिएको छ । त्यस्तै, आणविक व्यापार नियमन गर्ने निकाय ‘न्युक्लियर सप्लायर ग्रुप’मा सदस्यता लिनका लागि भारतलाई चीनको समर्थन आवश्यक छ । यो समूहमा समाबेश हुन चाहने देशले त्यसमा रहेका सम्पूण सदस्यको समर्थन लिनुपर्छ । चीन यसको सदस्य हो ।

चीनलाई पनि भारतसँगको राम्रो सम्बन्धको फाइदा हुनेछ । भारत चीनको ‘बेल्ट एण्ड रोड इनिसियटिभ्स’लाई सार्बजनिक रुपमा अस्वीकार गर्ने एक मात्र देश हो । भारतको यो परियोजनामा रहेको शंकालाई चीन निवारण गर्न चाहन्छ । 

यो परियोजनाको विकल्प दिने भनेर अघिल्लो वर्ष भारत, अमेरिका, जापान र अष्ट्रेलियाले वैठक गरेका थिए । त्यसबाट चीन चिन्तित भएको छ । उसले मोदीसँग सम्बाद कायम गरेर अमेरिका र मित्रहरुको समूहतर्फ ढल्किरहेको भारतलाई रोक्ने आस गरेको छ ।

तर सतहमा यी प्रयास भइरहदा गहिराईमा एशियाका यी विशाल देशहरुबीच प्रतिस्पर्धा पनि तीब्र भइरहेको छ ।

भारत र चीनबीचमा कायम रहेको प्रतिस्पर्धा

भर्खरै भारतले आफ्नो अहिलेसम्मकै ठूलो वायु सेनाको अभ्यास ग¥यो । यसमा उसले पाकिस्तानतर्फ रहेका पश्चिमी विभागका सयौं लडाकु वायुयानहरुलाई अवश्यकता पर्दा कसरी ४८ घण्टाभित्र चीन तर्फको पूर्वी भागमा लाने अभ्यास गरेको थियो ।

जमिनमा पनि अघिल्लो वर्षको गतिरोध पुरै समाधान भएको होइन, थामथुम मात्र भएको हो । चीनले यो भूभागको केही परमात्र शक्ति बढाइरहेको छ । भारतले पनि सीमाको निगरानी र उपस्थिती उग्ररुपमा बढाइरहेको छ ।

सबैभन्दा उग्रप्रतिस्पर्धा जल क्षेत्रमा देखिन्छ । अफ्रिकाको जिबोट्टीमा पहिलो पटक देश बाहिर सैन्य आधार बनाएको चीनले भारतको नजिकको देश माल्दिभ्समा पनि आफ्नो संलग्नता बढाइरहेको छ ।
भारतीय जलसेनाले चीनको जलसेनाका बाहनहरुको निगरानी गर्नकै लागि हिन्द महासागरमा पेट्रोलिङ्ग बढाएको छ । यसका साथै उसले भारत, फ्रान्स र ओमनसँग तिनको जलसाधन प्रयोग गर्ने सम्झौता गरेको छ ।

एक अर्कालाई दिएको महत्व र त्यसले बढाएको आशा

प्रधानमन्त्री भएपछि नरेन्द्र मोदीको यो चौँथो चीन भ्रमण हो । चार वर्षको प्रधानमन्त्री कार्यकालमा ५५ देशहरुको भ्रमण गरिसकेका मोदीले केही समय पछि पुनः चीनको भ्रमण गर्दैछन् । मोदी चीनको भ्रमण गर्ने पाचौँ प्रधानमन्त्री हुन् । यस अघि जवाहरलाल नेहरु, राजीव गान्धी, नरसिंहा राव, अटल विहारी बाजपेयी र मोनमहोन सिंहले चीनको भ्रमण गरेका थिए । मोदी चीनको सबैभन्दा धेरै पटक भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुन् । यो तथ्यले पनि चीनलाई मोदीले कति महत्व दिएका छन् प्रस्ट हुन्छ । 

यसका साथै चीनले पनि भारतीय समकक्षीलाई महत्व दिएको देखिन्छ । मोदी अमेरिकी राष्ट्रपति पछि प्रोटोकल तोडेर सिधै चिनिया राष्ट्रपतिसँग भेट गराइएको एक मात्र विदेशी नेता हुन् । अन्य अवस्थामा विदेशी नेताले पहिले चीनिया प्रधानमन्त्रलाई भेटेर मात्र राष्ट्रपतिलाई भेट्ने प्रबधाान रहेको छ ।

वुहानमा हुने बैठकले दुई देशका नताहरुबीचमा सौहार्दपूर्ण संवाद हुने र दुई देशबीचमा रहेको विभेद कम हुने आस गरिएको छ ।
 

एजेन्सीहरुको सहयोगमा

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X