शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राइम बैंकको ६१ औं शाखा रसुवाको कालिकास्थानमा

शुक्रबार, १४ वैशाख २०७५, १२ : ४१
शुक्रबार, १४ वैशाख २०७५

रसुवा । प्राइम कमर्सियल बैंक लिमिटेडले ६१ औं शाखा विस्तार गरेको छ । रसुवाको कालिका गाउँपालिका कालिकास्थान, घुम्तीबजारमा शुक्रबारदेखि शाखा सञ्चालनमा आएको हो । 

बैंकका सञ्चालक गजेन्द्र विष्टले एक समारोहका बीच सो शाखाको उद्घाटन गर्नुभयो । यस क्षेत्रमा वाणिज्य बैंकहरुका शाखा नभएकोले बैंकले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउन बैंकको शाखा विस्तार गरिएको बैंकका शाखा प्रवन्धक विष्णुमणि अधिकारीले जानकारी दिए । बैंकका शाखा प्रवन्धक अधिकारीका अनुसार यस क्षेत्रमा बैंकले चुस्त तथा सुलभरुपमा सेवा प्रवाह गर्ने छ । गाउँ गाउँमा छरिएर रहेको निक्षेप संकलनका साथै बैंकले व्यापार, कृषि, पशुपालन, सवारी साधन आदि क्षेत्रमा कर्जा प्रवाह गर्नेछ । निजीक्षेत्रका बैंकमध्येमा उत्कृष्ठ ८ औं स्थानमा रहेको यस बैंकले निकट भविष्यमै मुलुकका विभिन्न भागमा १५ वटा भन्दा बढी शाखा खोल्ने योजना रहेको जानकारी दिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप