मूनलाई भेटेपछि किमले ठट्टा गर्दै भने, ‘उत्तर कोरियाको निकै चर्चित चिसो चाउचाउ ल्याएको छु’
उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् ।
सन् १९५३ मा कोरियाली युद्धपछि ९जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए० दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार मूनले किमलाई भेट्न पाएकोमा आफू निकै खुसी भएको बताए । साथै किमले पनि मूनलाई आफूहरु सम्भव भएसम्म भेटिरहनुपर्ने बताए ।
बीबीसीका अनुसार दुबै देशका नेताबीचको भेटघाटको माहौल गम्भीर भएपछि किम जोंग उनले मूनसँग ठट्टा पनि गरेका छन् । आफूले सम्मेलनका लागि उत्तर कोरियाको चर्चिता चिसो चाउचाउ ल्याएको किमले मूनलाई भने ।
किमले भने, ‘मलाई आशा छ, जुन चाउचाउ हामीले ल्याएका छौं त्यसको मजा तपाईंहरुले लिनुहुनेछ ।’
करिब एक घण्टासम्म चलेको स्वागत समारोहपछि दुबै देशका नेताबिच कुराकानी भएको छ । स्थानीय समय अनुसार बिहान साढे १० बजेदेखि कुराकानी भएको छ ।
कुराकानीको ८ घण्टापछि बेलुका साढे ६ बजे सम्झौताको घोषणा हुने बीबीसीले बताएको छ ।