बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा चार अध्यादेश जारी

बिहीबार, १३ वैशाख २०७५, १६ : ५४
बिहीबार, १३ वैशाख २०७५

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न चारवटा अध्यादेश जारी गरेकी छन् ।  उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन)  अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गरकी हुन् । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उनले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप