बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बीमा समितिले स्वीकृति नदिएपछि एसियन लाइफले १२ प्रतिशत बोनस सेयर ६ प्रतिशतमा झार्यो

बिहीबार, १३ वैशाख २०७५, १६ : ३६
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं–एसियन लाइफ इन्सुरेन्सले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर अन्तत ६ प्रतिशतमा झरेको छ । 

कम्पनीको २०७४ फागनु १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र त्यसको कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । 

तर, बीमा समितिले सो प्रस्ताव स्वीकृत नगरेपछि  फेरी यहि बैशाख १२ गते सञ्चालक समितिको अर्को बैठक बसेर ६ प्रतिशत बोनस सेयर र ०.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

 यस अघि नियामक विमा समितिले पर्याप्त लगानी र कर्जाको व्यवस्था सहितको परिमार्जित वित्तिय विवरण पेश गर्न निर्देशन दिएको थियो । अब एसियन लाइफको सञ्चालक समितिले पारित गरेको बोनस सेयर कम्पनीको आगामी साधारण सभा र बीमा समितिबाट पारित भएपछि मात्र निष्काशनको प्रक्रिया अघि बढ्नेछ । एसियन लाइफले हालैमात्र ५० प्रतिशत हकप्रद बिक्री गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप