मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा पनि मनाईयो फोटो पत्रकारिता दिवस

बिहीबार, १३ वैशाख २०७५, १६ : ३३
बिहीबार, १३ वैशाख २०७५

लमजुङ– ‘सत्य समाचार फोटो पत्रकारिता नै अन्तिम आधार’ भन्ने नाराका साथ बिहीबार दोस्रो राष्ट्रिय फोटो पत्रकारिता दिवस लमजुङमा पनि मनाइएको छ । राइनास नगरपालिका वडा नम्बर ८ मा रहेको सर्वोदय ज्येष्ठ नागरिक आश्रममा रहेका १२ बृद्ध, बृद्धालाई फलफूल वितरण गरि कार्यक्रम मनाईएको फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रमेश्वर अधिकारीले बताए ।

 फलफूल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जेष्ठ नागरिकप्रति गरिने सम्मान र सहयोगले सबैको भलो हुने बताए । उनले पत्रकारितालाई फोटोमार्फत सामाजिक सद्भाव र सकरात्मक सन्देश जनतासमक्ष पुराउँन आग्रह गरे । उनले पत्रकारले सधै सत्य तथ्यमा आधारित भई समाचार संप्रेषण गनुपर्ने बताए । 

कार्यक्रममा जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देल, प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविनराज कुईकेल, जिल्ला अध्यक्ष आश गुरुङ, आश्रमका अध्यक्ष कृष्णराज ओलिया लगायतले फोटो पत्रकारिता  दिवसको शुभकामना दिएका थिए ।

नेपालको जेठो प्रकाशन सस्था गोरखापत्रमा  विस १९८४ साल बैसाख १३ गते पहिलो पटक फोटो छापिएको थियो । विरगंज निवासी स्थानीय सुर्यमती श्रेष्ठले आफ्नो कपासको बगैंचामा चर्खाले धागो काटिरहेको छापिएको थियो । त्यसै दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाईन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप