शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेलिकोप्टर भाडामा लिएर छोरी र नवजात शिशुको ज्यान बचाए यी किसानले

बिहीबार, १३ वैशाख २०७५, १४ : ०४
बिहीबार, १३ वैशाख २०७५

रसुवा– बिहीबार रसुवास्थित जिल्ला अस्पताललाई क्यानडेडियन रेडक्रसले एउटा अत्याधुनिक भवन हस्तान्तरण गर्दै थियो । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जिव थापाले सो नवनिर्मित भवनको उद्घाटन् गरिरहेका थिए । अध्यक्ष थापासहित क्यानेडियन रेडक्रसका अध्यक्ष गविन गिल्स पनि सो भवन उद्घाटनमा पुगेका थिए । त्यहीबेला एकजना सर्वसाधारण किसान आफ्नी सुत्केरी छोरीलाई एउटा नीजि हेलिकोप्टर भाडामा लिएर थप उपचारका लागि काठमाडौं पठाउँदै थिए ।

स्थानीय सुपा तामाङले नीजि हेलिकोप्टर भाडामा लिएर सुत्केरी भएकी छोरी र नवजात शिशुलाई काठमाडौं पठाइरहँदा जिल्ला अस्पतालका लागि एउटा नयाँ भवन दातृ निकायले हस्तान्तरण गरिरहेको थियो । तर नयाँ भवन हस्तान्तरण भएपनि तामाङले छोरी र नवजात शिशुको थप उपचारका लागि आवश्यक जनशक्ति र उपकरण पाएनन् ।

जिल्ला अस्पतालका लागि नयाँ भवन र आवश्यक उपकरण हस्तान्तरण त भइरहेको थियो तर तामाङकी सुत्केरी छोरी र नवजात शिशुले तत्काल त्यसबाट सुविधा लिने सम्भावना कम थियो । त्यसैले सुपाले हेलिकोप्टर भाडामा लिएर उपचारका लागि छोरीलाई काठमाडौं पठाए । सुपाले पाएको दुःख रसुवालीहरुका लागि अन्तिम होस् । तस्विरः रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप