शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के उत्तर कोरियाको मुख्य परमाणु परीक्षण केन्द्र भत्किएको हो ?

बिहीबार, १३ वैशाख २०७५, १३ : ४०
बिहीबार, १३ वैशाख २०७५

चिनियाँ भूगर्भविदहरुले गरेको अध्ययनले उत्तर कोरियाको मुख्य आणविक केन्द्रमाथि रहेको पहाड विष्फोटको असरले केन्द्रमाथि भत्केको छ । यो कारणले त्यहाँ थप परीक्षण गर्न असुरक्षित हुनुका साथै उक्त दुर्घटनामा परमाणु विकिरण चुहिएको हुन सक्ने तथ्यहरु बाहिर आएका छन् ।

चीनको युनिभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिकहरुले गरेको अध्ययनले यो कुरा पत्ता लगाएको हो । यो कुरा सार्बजनिक भएपछि उत्तर कोरियाली राष्ट्रपतिले हालसालै आफ्नो देशको आणविक परीक्षण कार्यक्रम रोक्ने घोषणाको कारणमा पनि प्रकाश परेको जस्तो देखिन्छ ।

आणविक विष्फोटले अत्याधिक ठूलो मात्रामा ताप र उर्जा उत्सर्जित गर्छ र सेप्टेम्बरमा उत्तर कोरियाले गरेको सबैभन्दा ठूलो परीक्षणले केन्द्र अस्थिर भएको विश्वास गरिएको थियो ।

चीनको यो अध्ययनका लागि सेप्टेम्बर ३ मा भएको परीक्षण लगत्तै लिइएको तथ्याङ्कहरु प्रयोग गरिएको थियो । सो परीक्षणले गर्दा त्यसको केही हप्ताहरुसम्म चार भूकम्पहरु गएका थिए । यसले उत्सर्जित गरेको उर्जा १०० किलोटन टीएनटी मानिएको छ । अमेरिकाले सन् १९४५ मा जापानको हिरोसिमा पड्काएको अणु बलमे १५ किलोटन उर्जा उत्सर्जित गरेको थियो ।

चीनको वैज्ञानिकहरुको प्रकाशित गरेका लेखमा उक्त विष्फोटको साढे आठ मिनेटमा आएको पहिलो भूकम्प “आणविक परीक्षण केन्द्रमा भएको क्षति’ले निम्त्याएको देखिएको हो ।
“अध्ययनले मन्टप्सनमा रहेको उत्तर कोरिलायी आणविक परिक्षण केन्द्र भत्किएको देखाएकाले त्यो विनासका कारण त्यो केन्द्रबाट कुनै आणविक तत्वको चुहावट भएको छ कि भन्ने थप निगरानी गर्नु पर्ने आवश्यक देखिन्छ ।” सो अध्ययनका लेखकहरुले सोमबार भने ।

उत्तर कोरियाको आणविक परीक्षणमा बेइजिङ्गको विशेष चासो रहेको छ । किल्जु शहर नजिक रहेको त्यो केन्द्र चीनको सिमानाभन्दा १०० किलोमिटर मात्र टाढा रहेको छ ।

उत्तर कोरियाली आणविक परीक्षणले चीनका सिमाना नजिक रहेका शहरहरुमा भूकम्पीय धक्का महसुस गरिएको थियो । यसका कारणले स्कूल र कार्यालयहरु बिदा दिइएको थियो । यो घटनाले गर्दा निस्किएका विकिरणहरु हावाले उडाएर ल्याउने हो कि भन्ने डर पनि बढेको थियो । यही कारणले चीनमा उसको छिमेकी देशको कार्य प्रति आलोचना भएको थियो । चिनियाँ निकायहरुले भने परीक्षणबाट तिनले कुनै विकिरण नभेटेको बताएका थिए ।

चीन र उत्तर कोरियाको सम्बन्धमा केही बर्षदेखि चिसोपन बढेको छ । हुनत किमले अघिल्लो महिना चीनको बहुप्रतिक्षित भ्रमण गरेका थिए तर चीनले अहिले पनि उत्तर कोरियामा संयुक्त राष्ट्रसंघले लगाएको व्यापार नाकाबन्दी कार्यन्वन गरिरहेको छ । यसका कारणले यी दुई देशबीचको व्यापारमा ९०% ले कमी आएको छ ।

सियोल नेशनल युनिभर्सिटीमा आणविक इन्जिनियरिङ्गका प्रध्यापक रहेका कुन युल सुहले अघिल्लो वर्ष थप परिक्षणले त्यो केन्द्रभन्दा सय किलोमिटर टाढा रहेको पेक्टु पहाडमा ज्वालामुखी विस्फोट निम्त्याउन सक्ने चेतावनी दिएका थिए ।

शनिबार उत्तर कोरियाले आफ्नो परीक्षण केन्द्र बन्द गर्ने र आणविक र अन्तरमहादेशिय व्यालेष्टिक मिसाइल परिक्षण रोक्ने घोषणा गरेको थियो । यो कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ठूलो प्रगति’ भनेर स्वागत गरेका थिए । यो कदम उनी र किमबीचमा गरिने भनिने वार्ता नजिक आइरहदा उठाइएको छ ।

तथापी उत्तर कोरियाले आणविक हतियार त्याग्ने र मिसाइल उत्पादन कम गर्ने र त्यससँग सम्बन्धित उपकरण निर्माण बन्द गर्ने भनेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप