बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा फोटो पत्रकार महासंघको आयोजनामा प्रभातफेरि

सोमबार, १० वैशाख २०७५, १३ : ३७
सोमबार, १० वैशाख २०७५

काठमाडौं– नेपाल फोटो पत्रकार महासंघ (एनएफपीजे) को आयोजनामा आज प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । संचारकर्मी सम्मीलित विभिन्न संघसस्था, संचार कर्मीका छाता संगठनहरु र विभिन्न संचार माध्यममा कार्यरत संचार कर्मीहरु सहभागीतामा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको हो ।

प्रभातफेरी भृकुटिमण्डपबाट सुरु भै भद्रकाली, शहिद गेट, नयाँ सडक, रत्न पार्क, पुरानो वसपार्क हुँदै पुन भृकुटिमण्डपमा आई सभा विसर्जन भएको थियो। प्रभावतफेरि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय फोटो पत्रकारिता दिवसको शुभकामना दिँदै फोटो पत्रकारिता पत्रकारिताको अभिन्न अंग भएको बताए । उनले फोटोपत्रकार महासंघ र पत्रकार महासंघले संयुक्त रुपमा नेपालको समग्र पत्रकारिता क्षेत्रको हकहित र व्यवसायिकताका लागि सहकार्य गर्ने समेत बताए । 

कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेले समग्र फोटो पत्रकारले भोग्दै आएका समस्याहरुको सम्बोधनका लागि महासंघले सरकार लगायत सम्बन्धीत निकायसँग पहल गर्ने साथै नवगठित महासंघले फोटो पत्रकारहरुको हकहित र व्यवसायिकताका लागि विभिन्न कार्यक्रम ल्याउने बताए ।

कार्यक्रमलाई पत्रकार महासंघका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, धर्मेन्द्र झा, डा. महेन्द्र विष्टले पनि फोटोपत्रकारिता दिवसको शुभकामना र नेपाल फोटोपत्रकार महासंघ गठन भएकोमा बधाई समेत दिए । 
वि.सं. १९८४ बैसाख १३ गते गोरखापत्रमा पहिलो पटक फोटो छापीएको दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप