शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युगान्डामा मृत्यु भएका बुढाथोकी परिवारलाई २३ लाख क्षतिपूर्ति

बिहीबार, १३ वैशाख २०७५, १३ : २०
बिहीबार, १३ वैशाख २०७५

युगान्डा– गत बर्ष युगान्डामा मृत्यु भएका नेपाली नागरिक पोष्टबहादुर बुढाथोकीका परिवारलाई एनआरएनए युगान्डाको पहलमा उनी कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट क्षतिपूर्ति र बीमा बापत नेपाली २३ लाख रुपैयाँ नेपाल पठाइएको छ ।

एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार मृतक बुढाथोकीका आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंकबाट पठाइएको हो ।

संघका पूर्व अध्यक्ष रमेश कँडेलका अनुसार छोरी नाबालिक भएसम्म मुद्दती खातामा उनको रकम रहने व्यवस्था गरिएको छ । त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालनपोषणका लागि आमालाई खर्च गर्न दिइने व्यवस्था गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप