शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सत्य समाचार फोटो पत्रकारिता नै अन्तिम आधार’

बिहीबार, १३ वैशाख २०७५, १३ : २०
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं–‘सत्य समाचार फोटो पत्रकारिता नै अन्तिम आधार’ भन्ने नाराका साथ बिहीबार दोस्रो राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइएको छ । 

दिवसका अवसरमा आज बिहान काठमाडौको भृकुटीमण्डपबाट प्रभातफेरी निकालिएको छ । 

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी शहीदगेट, सुनधारा , वीर अस्पताल रत्नपर्का हुदै पुन भृकुटीमण्डपमा आएर समापन भएको थियो । 

प्रभातफेरीमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पुर्व अध्यक्षहरु महेन्द्र विष्ट, धर्मेन्द्र झा लगायत फोटो पत्रकारहरुले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा सहभागिहरुले फोटो पत्रकारिता

दिवसको शुभकामना दिदै फोटो पत्रकारहरुका लागि धेरै जोखिम भएपनि यसलाई अझ मर्यादित बनाउनतर्फ लाग्नुपर्ने धारणा राखेका थिए । 

फोटो पत्रकारिता दिवस गतबर्षदेखि बैशाख १३ मनाउन थालिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप