शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारले गर्यो विद्येयकसम्बन्धी तीनवटा निर्णय

बिहीबार, १३ वैशाख २०७५, १३ : ०५
बिहीबार, १३ वैशाख २०७५

सुर्खेत– कर्णाली प्रदेश सरकारले महत्वपूर्ण तीनवटा विद्येयकलाई स्वीकृत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७४/७५को सेवा र कार्यहरुको लाथि प्रदेश संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विनियोजन विधेयक २०७५ लगायतका विद्येयक मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त विद्येयकलाई प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिने गरेको छ भने प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) सम्बन्धि विधेयक २०७५को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई सहमति दिने निर्णय गरेको छ । 


त्यस्तै बैठकले कर्णाली प्रदेशका गाँउसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई सहमति दिने निर्णय समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप