शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

बिहीबार, १३ वैशाख २०७५, १३ : ०४
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं–गृह मन्त्रालयले ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार २३ सह–सचिव र १४ जना उप–सचिव प्रजिअ हुने जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । 

चितवनका प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्ट भक्तपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । भक्तपुरका प्रजिअ द्रोण पोखरेललाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । 

कार्यक्षमतामा कमजोर मानिने र लामो समयदेखि गृह मन्त्रालयमा हाजिर गराईएका सह–सचिव लोकनाथ पौडेललाई पर्साको प्रमुखको रुपमा सरुवा गरिएको छ । 

आकर्षक जिल्ला मानिने झापामा जनकराज दाहाल, रुपन्देहीमा उदयबहादुर राना र काभ्रेमा कृष्णबहादुर राउतको सरुवा भएको छ । 

मन्त्रालयले सह–सचिव प्रजिअ हुने केही जिल्लामा उप–सचिवलाई कामुको जिम्मेवारी सहित सरुवा गरको छ । 

गृह मन्त्रालका उप–सचिव श्रवणकुमार तिमिल्सिनालाई ईलामको कामु प्रजिअको रुपमा सरुवा गरिएको छ । त्यस्तै उप–सचिव कोषहरी निरौलालाई स्याङ्जा, भविश्वर पाण्डेलाई गुल्मी, शेषनारायण पौडेललाई

बाग्लुङको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।
हेर्नुहोस् सिडीओ सरुवाको सूची 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप