बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेन्ट्रल फाइनान्सको हकप्रद बैंशाख २० देखि लिलामीमा

बिहीबार, १३ वैशाख २०७५, १२ : २६
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं–सेन्ट्रल फाइनान्सले बैशाख २० गतेदेखि नबिकेको हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ । फाइनान्सले २०७४ पुस २३ गतेदेखि फागुन १३ गतेसम्म बिक्रि खुला गरेको हकप्रदमा पर्याप्त आवेदन नपरेपछि बिक्रि नभएको १० लाख ८५ हजार ९ सय ३९.७५ कित्ता हकप्रद सेयर  लिलामीमा बिक्रि खुला गर्न लागेको हो ।

जसमा संस्थापक सेयर ९ लाख ८१ हजार ७ सय ८.७२५ कित्ता र सर्वसाधारण समुहतर्फको एक लाख ४ हजार २ सय ३०.३५० कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । यो सेयरका लागि बैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

आवेदन दिदा प्रतिकित्ता न्युनतम १०० रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य कबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा संस्थापक समुहतर्फका लागि न्युनतम  एक हजार कित्ता र सर्वसाधारण समुह तर्फका लागि न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।  

बोलपत्र आवेदन फारम एनआइबिएल एस क्यापिटल लाजिम्पाट र शाखा कार्यालयहरु तथा  सेन्ट्रल फाइनान्सको केन्द्रिय कार्यालय कुपण्डोलमा भर्न र बुझाउन सकिनेछ । यस्तै इन्भेष्टमेन्ट बैंकको शाखा काार्यलयहरु सुर्खेत, नेपालगंज, नारायणगढ र धनगढीमा आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप