शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम विवाह गरेको पाँच महिनामा श्रीमतीको अदालतभित्रै तरबार प्रहार गरी हत्या

बिहीबार, १३ वैशाख २०७५, ११ : ५०
बिहीबार, १३ वैशाख २०७५

भारतको ओडिशास्थित संबलपुरमा एक व्यक्तिले अदालतको प्रतिक्षालयमा आफ्नी श्रीमतीमाथि तरबार प्रहार गरी हत्या गरेका छन् ।

स्रोतका अनुसार श्रीमती आमा बुवासहित श्रीमानसँगको झगडा मिलाउन फ्यामिली कोर्ट पुगेकी थिइन् । अदालत पुगेको केही समय पछि नै श्रीमान् तरबार लिएर पुगेको र उनीमाथि हमला गरेको बताइएको छ । आरोपीले सासु र भतिजीलाई पनि घाइते बनाएको बताइएको छ ।

दुबैले गरेका थिए प्रेम विवाहः

भारतीय संचारमाध्यमका अनुसार मृतक संजिता र आरोपी रमेश दुबै एक अर्कालाई प्रेम गर्दथे । परिवारको मर्जीबिना विवाह पनि गरे । तर पाँच महिना सँगै बसेपछि दुबैको झगडा सुरु हुन थाल्यो । जसका कारण संजिता माइती फर्किइन् । मिडिया रिपोर्टका अनुसार संजिता धेरैसम्म एक्लै बसेकाले उनका आमा–बुवाले उनको विवाह अन्तैतीर निश्चित गरे । यसबारे उनका श्रीमान रमेशलाई थाहा भएपछि श्रीमतीलाई फिर्ता ल्याउनका लागि उनले फ्यामिली कोर्टमा मुद्दा दर्ता गरे । संजिता आमा–बुवासँगै फ्यामिली कोर्ट पुगिन् । उनी प्रतिक्षालयमा रमेशलाई कुर्दै थिइन् । केही बेरमा रमेश तरबारसहित पुगे र अचानक उनीमाथि हमला गर्न थाले ।

प्रत्यक्षदर्शीका अनुसार संजिताले आफूलाई बचाउन निकै कोसिस गरिन् । उनी बच्नका लागि अदालतको भवन पछाडि पनि लुकिन् तर रमेशले उनको पिछा छोडेनन् । उनले संजितालाई त्यहाँबाट घिसारेर बाहिर ल्याए र तरबार प्रहार गर्न थाले । त्यसपछि उनले आफ्ना ससुरामाथि पनि हमला गरे तर उनी भने बच्न सफल भए । त्यसैबेला त्यहाँका मानिसहरुले रमेशलाई पक्राउ गरेर कुट्न थाले । पछि उनलाई पुलिसले पक्राउ गर्यो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप