शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसारभरीका सबै मानिस शाकाहारी भए के होला ? यस्ता छन् ९ असर

मङ्गलबार, ३० जेठ २०७४, १२ : ४३
मङ्गलबार, ३० जेठ २०७४

संसारभरी जून १२ तारिखका दिन विश्व मासु मुक्त दिवस मनाइन्छ । यदि संसारभरीका सबै मानिस अचानक सधैंका लागि शाकाहारीका भए यसको असर के होला ?

यहाँ हामी यसले जलवायु, वातावरण, स्वास्थ्य र अर्थव्यवस्थामाथि पार्ने असर बारे कुराकानी गर्दैछौं ।

यदि सन् २०१५ सम्म पूरा संसार शाकाहारी भए हरेक वर्ष ७० लाख कम मृत्यु हुनेछ र यदि पशुसँग जोडिएका उत्पादन खाँदै नखाए हरेक वर्ष ८० लाख कम मानिसको मृत्यु हुन्छ ।

अक्सफोर्ड मार्टिन स्कूल फ्युचर अफ फूड प्रोग्रामका एक अनुसन्धानकर्ता मार्को स्प्रिंगम्यानका अनुसार खाद्य सामग्रीसँग जोडिएका उत्र्सजनमा ६० प्रतिशतको गिरावट आउनेछ । यो रातो मासुबाट मुक्तिका कारण हुनेछ किनभने रातो मासु मिथेन ग्याँस उत्सर्जित गर्ने पशुबाट पाइन्छ ।

यद्यपी, यसले विकाशशील दुनियाँमा किसानलाई नराम्रोसँग प्रभावित पार्नेछ । सुख्खा र अर्ध सुख्खा इलाका पशुपालनका लागि प्रयोग गरिन्छ । अफ्रिकामा सहारा नजिकै एक ‘सहेल ल्याण्ड’ छ र त्यहाँ बस्ने मानिसहरु पशुपालनमा निर्भर हुन्छन् । उनीहरु स्थायी रुपमा कुनै अर्को ठाउँमा विस्थापित हुन बाध्य हुनेछन् । यसले उनीहरुको सांस्कृतिक पहिचान खतरामा पर्ने गर्दछ ।

घाँसेमैदान बारे पुनर्विचार गनुपर्ने हुन्छ । जंगल जलवायु परिवर्तनबाट कम प्रभावित हुनेछ । लोपोन्मुख जैविक विविधता पुनः फिर्ता हुनेछन् । जंगलमा एक प्रकारको संतुलन स्थापित हुनेछ । शाकाहारीले पशुलाई बचाउनका लागि पहिले हिंस्रक जनावर मारिदिन्थे ।

जो पशुसँग जोडिएका उद्योगमा लागेका छन् उनीहरुले आफ्नो नयाँ ठेगाना र करियरको खोजी गर्नुपर्ने हुन्छ । उनीहरु कृषि, बायोऊर्जा तर्फ उन्मुख हुन सक्छन् । यदि उनीहरुले अर्को रोजगार पाएनन् भने मानिसहरु ठूलै संख्यामा बेरोजगार हुनेछन् र यसले पारम्परिक समाजमा भारी उथलपुथलको स्थिती हुनेछ ।

केही अवस्थामा यसको जैविक विविधतामा नराम्रो असर पर्ने गर्दछ ।

संसारका सबै मानिस शाकाहारी भए क्रिसमस टर्की (एक प्रकारको पंक्षी) हुने छैन । शाकाहारी हुनुको अर्थ यो हो कि परम्परा नराम्रो तरिकाले प्रभावित हुनेछ । संसारभरी यस्ता थुप्रै समूदाय छन् जो विवाह र उत्सवमा मासु उपहार दिन्छन् ।

मासुको खपत नहुँदा मुटु रोग, मधुमेह, स्ट्रोक र कुनै प्रकारको क्यान्सरको आशंका हुँदैन । यस्तोमा संसारभरीका दुई वा तीन प्रतिशत जीडीपी जुन मेडिकल बिलमा खर्च हुन्छ त्यो बच्नेछ ।

तर पोषणका केही विकल्प नतोकी मासुलाई हटाउनु हुँदैन । एक अनुमानका अनुसार संसारभरीका दुई अर्ब मानिसहरु कुपोषित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप