मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

'गोरे' खोज्न इन्टरपोल गुहार्दै प्रहरी

बिहीबार, १३ वैशाख २०७५, ०५ : ५६
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिने भएको छ ।

शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो ।

इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु सदस्य छन् । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

नेपाल प्रहरीको मात्र खोजी सूचीमा रहेका गोरे इन्टरपोलमा सूचना सार्वजनिक भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचीमा रहनेछन् । 

मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीले सुन काण्ड र सनम शाक्य हत्या अभियोगका नाइके भनिएका उप्रेतीलाई इन्टरपोलमा सूचना जारी गर्न लागिएको बताए ।

गोरे नेपालबाहिर रहेको थाहा पाएको प्रहरीले खोजीका लागि इन्टरपोलमार्फत डी फ्यूजन नोटिस जारी गर्नलाई आवश्यक प्रक्रिया शुरु गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप