शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोली लागि घाइते बनेका पत्रकारको निधन

बुधबार, १२ वैशाख २०७५, २० : ५१
बुधबार, १२ वैशाख २०७५

प्यालेष्टिनी । दुई हप्ता पहिले इजरायली सुरक्षा फौजको गोली लागि घाइते बनेका एक प्यालेष्टिनी पत्रकारको उपचारका क्रममा बुधबार निधन भएको छ । 

पचीस बर्षीय अहमद अबु हुसेन यही अप्रिल १३ मा स्थानीय रेडियोलाई समाचार संकलनका क्रममा इजरायली सुरक्षा फौजको गोली लागि घाइते भएका थिए । 

गाजाका स्वास्थ्य मन्त्रीले तेल अभिभ नजिकै रहेको स्हेबा अस्पताललाई उद्धृत गर्दै भने, “पत्रकार हुसेनको इजरायली क्षेत्रमा रहेको एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।” 

पत्रकार हुसेनका दाजु दिआ हुसेनले मृत शरीरलाई अन्त्येष्टिका लागि गाजा ल्याइन लागेको बताए । 

इजरायली सीमा क्षेत्रमा विगत एक महिनादेखि प्रदर्शन गर्ने क्रममा कम्तिमा ४० प्यालेष्टिनीले ज्यान गुमाएका छन् भने पाँच हजार भन्दा बढी घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप