मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस समीक्षा बैठकमा ६ सदस्यद्वारा मत व्यक्त

बुधबार, १२ वैशाख २०७५, २० : ४८
बुधबार, १२ वैशाख २०७५

काठमाडौँ । आज नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी बैठकमा छ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका छन् । 

बैठकमा विमलेन्द्र निधि, महेश आचार्य, डा प्रकाशशरण महत, शंकर भण्डारी, मोहनबहादुर बस्नेत र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राखेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा उनीहरुले पार्टीले निर्वाचनमा हार्नुका कारण, पार्टीभित्र देखिएको अस्वस्थ्य प्रतिस्पर्धा एवं आगामी दिनमा पार्टीलाई अगाडि बढाउने रणनीतिका विषयमा गम्भीर हुन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।  

बैठकमा शंकर भण्डारीले स्व खुमबहादुर खड्काले पार्टीमा पु¥याएको योगदान, पार्टीभित्र देखिएको अस्वस्थ्य प्रतिस्पर्र्धा र नेपाली काँग्रेस सरकारमा हुँदा भएका निर्णयको जिम्मेवारीका विषयमा आफ्नो विचार राखेका थिए । 

उक्त बैठकमा प्रवक्ता शर्माले पराजयका छ वटा कारण प्रस्तुत गर्दै पार्टीभित्रको अन्तर्घात, आमनागरिकको मन जित्न असफल, महत्वपूर्ण मुद्दामा बहिर्गमन, सम्प्रेषण क्षमतामा ह्रास, ओझेलमा परेको भविष्य, परम्परागत संगठन शैली, सैद्धान्तिक पुनःव्याख्याको अभावलाई औंल्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप