केन्द्रीय संस्करण

चमेलियामा नदीमा दुई पुरुषको शव फेला

person access_timeबैशाख १२, २०७५ chat_bubble_outline0

दार्चुला । दार्चुला र बैतडीको सीमा नदी भएर बग्ने चमेलिया नदीमा दुई पुरुषको शव फेला परेको छ । 

शैल्यशिखर नगरपालिका–१ घर भएका ५० वर्षीय गोपालदत्त जोशी र बैतडी डिलाशैनी गाउँपालिका–३ घर भएका धीरबहादुर बोहराको शव चमेलिया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए। 

मृतक जोशी मंगलबार चमेलिया नदी तरेरै पारि बैतडीतर्फ गएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X