शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइपीएलमा मुम्बई बोल्ड !

बुधबार, १२ वैशाख २०७५, १७ : ०८
बुधबार, १२ वैशाख २०७५

मुम्बई । इन्डियन प्रिमियर आइपीएलको सबैभन्दा सफल टीम हो मुम्बई इन्डियन्स । यो टोलीले सबैभन्दा धेरै पटक यो प्रतियोगिताको उपाधि आफ्नो नाम गरेको छ । यसको मालिक मुकेश अम्बानी र नीता अम्बानी भएको कारणले पनि टीमको चर्चा हुनेगर्छ ।

तर, यो सिजन मुम्बई खराब दौरबाट गुज्रिरहेको छ । साबिक विजेता टोली हाललाई अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । 

मंगलबार मुम्बईका लागि विशेष थियो किनभने त्यो दिन टोलीका मेन्टर तथा मास्टर ब्लास्टर सचिन तेन्दुलरको जन्मदिन पनि थियो । सचित आफै स्टेडियममा उपस्थित थिए र त्यहाँ उनको लागि जन्मदिनको केक पनि काटिएको थियो ।

तर सचिनलाई मुम्बई इन्डियन्सले उपहार स्वरुप पराजय दिए, जसको कल्पना सायद उनले गरेकै थिएनन् । वानखेडे स्टेडियममा उपस्थित दर्शकको भारी संख्याबीच सनराइजर्स हैदरावादविरुद्ध मुम्बई इन्डियन्सको शुरुवात उत्कृष्ट रह्यो । टोलीले टस जितेर बलिङ गर्ने निर्णय गर्यो । 

मुम्बईले हैदराबादको टोलीलाई १ सय १८ रनमा अलआउट त गर्यो । तर, जवाफमा आफै ८७ रन मा अलआउट हुन पुग्यो । यो सिजन मुम्बई इन्डियन्सले आफ्नो ६ खेलमध्ये ५ मा हार बेहोरेको छ ।

यस्तो पनि होइन कि यस सिजन मुम्बईको हातबाट सबैकुरा फुस्किसकेको छ । सन् २०१५ मा पनि टीमले खराब शुरुवात गरेको थियो । तर, टोलीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो नाममा गरेको थियो ।
२०१५ बाहेक मुम्बईले सन् २०१३ र २०१७ को उपाधि पनि जितेको छ । तर, क्रिकेटका जानकारहरु यसपटक मुम्बईको टिमको प्रदर्शनलाई लिएर धेरै आश्वस्त छैनन् ।

यसका केही कारण छन् ।

ब्याटिङक्रम

टोलीका कप्तान रोहित शर्मा पछिल्लो समय दबाबमा देखिएका छन् । भारतीय टिमको ओपनिङ गर्ने रोहित मुम्बईका लागि किन ओपनिङ गरिरहेका छैनन्, यो ठूलो प्रश्न हो । रोहित शर्माले कयौँ पटक टोलीलाई शानदार शुरुवात दिएका छन् । शुरुवात ६ ओभरमा राम्रो रन बनाए, टीमको मनोबल पनि बढ्थ्यो । तर, यो सिजन ठीक उल्टो भइरहेको छ । ब्याटिङ क्रममा तल झरेर ब्याटिङ गर्दा रोहितको ब्याटिङ चल्न सकिरहेको छैन । हुनसक्छ केही पटक ओपनिङ गर्दा पनि रोहितको ब्याटिङ नचल्न सक्छ । तर, त्यो स्थान भनेको उनको सबल पक्ष हो । यहाँबाट टीमले पाएको राम्रो शुरुवातले उनीहरुलाई जीत दिलाउन सक्छ ।

टीमको स्वरुप

रिलायन्स इन्डस्ट्रीसँग जोडिएको टीमले ठूलो रकम खर्च गरेर खेलाडीको फौज तयार गरेको छ । तर, फौज मोर्चामा धुलाई खाइरहेको छ । टीमका सेनापतिजस्तै सैनिक पनि फुस्सा साबित भइरहेका छन् । भन्नलाई टोलीमा हार्दिक पाण्ड्या, क्रुनाल पाण्ड्या, रोहित शर्मा, केरन पोलार्डजस्ता नामहरु रहेका छन् । तर, उनीहरुको प्रदर्शन राम्रो देखिएको छैन । टीममा अहिले यस्तो ब्याटसम्यानको आवश्यकता छ जसमाथि टिमले भरोसा गर्न सकून् र टोलीलाई संकटबाट बाहिर निकाल्न सकून् । एउटा खेलाडी हरेक दिन नचल्न सक्छ । तर, यदी एकै पटक कयौँ स्टार खेलाडी चलेनन् भने समस्या बढ्न सक्छ । मुम्बईसँग अहिले ठीक यही भइरहेको छ । टीमले यो वर्ष अम्बाटी याडयू, जस बटलर र लेन्डल सिमन्सलाई मिस गर्नेछ ।

रणनीति

यो सिजन मुम्बई इन्डियन्सले जति पनि खेल खेलेको छ, त्यसमा उसको रणनीतिमाथि पनि प्रश्न उठेको छ । पहिलो खेलमा नै चेन्नाई सुपर किङ्ग्ससँग अन्तिम समयमा मिलेको हारबाट उसको मनोबल खस्किएको छ । लाग्दैछ टिम यो हारबाट उक्सन सकेकै छैन । चेन्नाईले त्यो खेल एक विकेटले जितेको थियो, त्यो पनि ड्वेन ब्राभो र केदार जाधवको कारण । घायल केदार जादव अन्तिम मौकामा आए र मुम्बईको बलिङलाई धोएर जीत दिलाए । अर्को खेलमा दबाबमा खेलिरहेको टोली फेरि हैदराबादसँग १ विकेटले हार्यो । यो सिजन सबैभन्दा खराब दौरबाट गुज्रिरहेको दिल्लीले पनि मुम्बईलाई हरायो, त्यो पनि सात विकेटले ।  

टीम व्यवस्थापन

मुम्बईले ठूला स्टार खेलाडीहरुलाई टीम प्रबन्धनमा स्थान दिएको छ । श्रीलकंकाका महेला जयवर्धने टीमको हेडकोच हुन् । ब्याटिङ कोच रबिन सिंह हुन् भने बलिङमा शेन बोन्ड रहेका छन् । ब्याटिङ मेन्टर सचिन तेन्दुल्कर हुन् भने लसिथ मलिङ्गा बलिङ मेन्टर हुन् । तर, जसरी टोलीले प्रदर्शन गरिरहेको छ यो भारी भरकम टीम प्रबन्धन असफल देखिँदैछ । अब व्यवस्थापनले नयाँ तरिकाबाट टीममा जीवन भर्नुपर्ने देखिँदैछ । जुन सजिलो छैन । टीम हडलमा निराशा देखिँदैछ, जुन नकारात्मक सन्देश हो ।

मुम्बईको टीमले आइपीएलमा कयौँ उतार चढाव देखेको छ । तर, यदी उनीहरुको हालत यही रह्यो र टिम व्यवस्थापनले चाँडै केही कदम उठाएनन् भने यो सिजन मुम्बईको पुनरागमन अप्ठ्यारो देखिँदैछ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप