शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महावीर पुनको ल्याबलाई बृज सिमेन्ट र पुष्पतारा केडियाको सहयोग

बुधबार, १२ वैशाख २०७५, १७ : ०३
बुधबार, १२ वैशाख २०७५

काठमाडौं–महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्धारा निर्माण भइरहेको मेकर स्पेसलाई  पुष्पतारा केडिया संस्था र बृज सिमेन्ट इन्डष्ट्रिजले सहयोग गर्ने भएको छ । यसका लागि पुष्पतारा एवम् बृज सिमेन्ट र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ ।

सम्झौता बमोजिम उनीहरुले निर्माणका लागि सिमेन्ट उपलब्ध गराउनेछन् । मेकर स्पेस किर्तिपुरमा निर्माण भइरहेको छ । यो आविष्कार केन्द्रले निर्माण गरिरहेको प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालय परिसर अन्तर्गत ६ हजार बर्गफिट क्षेत्रफलमा ल्याब बनिरहेको छ । यो करिब १ करोडको लागतमा बन्ने अनुमान छ ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बृज सुपर प्रिमियम ओपिसीका ब्राण्ड एम्बास्डर पनि हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप